२ पुस २०८२, बुधबार | December 18, 2025

नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगितामा : रेसिङ्ग साहरा कोहलपुर र न्यु डाँफे‘बि’ विजयी



खजुरा । बाँकेमा जारी नवौं डाँफे कप नक आउट फुटबल प्रतियोगिताको आज सम्पन्न दुई खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुर र न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ विजयी भएका छन् । आज विजयी भएका दुबै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बाँकेको खजुरा डि गाउँ स्थित मिनि रंगशालामा विहिबार चौथो दिन सम्पन्न पहिलो खेलमा रेसिङ्ग साहरा क्लब कोहलपुरले एफसि गौघाटलाई ४–१ गोल तथा दोस्रो खेलमा न्यु डाँफे ‘बि’ ले सगरमाथा युथ क्लब बैजनाथलाई ट्राईबेकरमा पराजित गरेको छ ।

पहिलो खेलमा रेसिङ्ग साहराको जितमा महेश विकले खेलको १३ औ र ३० औ मिनेटमा गोल गरेका थिए भने महेश शाहीले ४० औ र कुष्ण पुरीले ४५ औं मिनेटमा चौथो गोल गरे । एफसी गौघाटका सरोज केसीले ३८ औ मिनेटमा सान्त्वना गोल गरे । खेलको रेसिङ्ग साहरा क्लब कोहलपुरका सुनिल थापा मगर म्यान अफ द म्याचबाट पुरस्कृत भएका छन् ।

विहिबार नै भएको दोस्रो खेलमा न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ र सगरमाथा युथ क्लब बैजनाथको निर्धारित समयसम्म १÷१ गोल को बराबरी भएपछि खेल ट्राईबेकरमा धकेलिएको थियो । ट्राईबेकरमा न्यु डाँफे ४–२ गोल अन्तरले विजयी भयो । सो खेलमा न्यु डाँफेका गोलकिपर दिपेन्द्र बोहरा म्यान अफ द म्याचबाट पुरस्कृत भए । म्यान अफ द म्याच घोषित खेलाडीलाई नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय र मेडलबाट पुरस्कृत गरिएको प्रचार संयोजक खगेन्द्र दाहालले बताए ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया र उपविजेता टिमले ८५ हजार ५ सय ५५ रुपैयासहित, कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने खेल संयोजक तिलकबिर सुनारले बताए । प्रतियोगितामा १२ टिमले भाग लिएका छन । प्रतियोगिताको प्रथम पुरस्कार खजुरा डी गाउँ घर भई हाल अमेरिकामा रहेका लिल बहादुर थापाले सौजन्य गरेका छन ।

प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शुक्रबार देखि क्वाटर फाइनलका खेल शुरु हुनेछ । शुक्रबार पहिलो खेल बाग्मति स्पोर्टस क्लब बि गाउँ र एफ सी ब्रोदर्श खजुरा बीच हुनेछ । त्यस्तै दोस्रो खेल धम्बोझी क्लब नेपालगन्ज र न्यु दर्पण स्पोर्टस क्लब खजुरा ४ ई गाउँबीच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : १८ माघ २०८०, बिहिबार  ८ : २६ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल