२ पुस २०८२, बुधबार | December 18, 2025

सरकारको ज्यादती र विकास विरोधी नीति विरुद्ध आन्दोलित हुन विष्णु पौडेलको आह्वान



बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले युवाहरुले सरकारलाई दवाव दिनुपर्ने भएको बताएका छन् । एमाले निकट राष्ट्रिय युवासंघ रुपन्दहीको प्रचार बिभागले आयोजना गरेको स्व. परमानन्द खरेलको स्मृतिमा फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेता पौडेलले सरकारको ज्यादती र विकास बिरोधी नीतिको विरुद्ध युवाहरुले सडकबाट दवाव दिनुपर्ने भएको बताएका हुन् ।

उनले देशको परिस्थिती झनझन जटिल अवस्थामा पुगेको बताउँदै गठवन्धन सरकारले युवा र जनता आवश्यकता पुरा गर्नुको सट्टा बिकास बिरोधी गतिबिधि गरेको आरोप लगाए । उनले दैनिक रुपमा युवाहरु बिदेश पलायन हुने अबस्था गठबन्धन सरकारकै कारण सिजर्ना भएको बताए ।

‘सरकारले स्वदेशमा रोजगारीका लागि आवश्यक पर्ने कुनै खालका योजना ल्याउन नसक्दा युवाहरु बिदेश पलायन हुने अबस्था आएको हो ।’ उनले भने । युवाहरुलाई स्वदेशमै रोजगारीको बातावरण सिजर्ना गर्न युवाहरुले सडकबाट सरकारलाई दवाव दिनुपर्ने उनको भनाई छ ।

युवा संघ नेपालका केन्द्रीय सदस्य तथा रुपन्देही इन्चार्ज बुद्धि थापाले युवाहरु राजनीतिमा मात्र नभई खेलकुदको क्षेत्रमा पनि सक्षम हुनुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै स्व. परमानन्द खरेलका छोरा किरण खरेलले खेलको माध्यमबाट युवा संघले बाबाले समाजमा गरेको योगदानको जिवन्त बनाउने काम गरेको उल्लेख गरे ।

युवा संघ रुपन्देही सचिव दिपेस कंडेलको अध्यक्षता, इश्वर पौडलेको सन्चालनमा भएको उदघाटन सत्रमा खेल संयोजक शंकर पाण्डेले स्वागत गरेका थिए।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  ३ : ४८ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल