२ पुस २०८२, बुधबार | December 18, 2025

डाँफे कप नक आउट फुटबल प्रतियोगिता : बाग्मती, न्यु दर्पण र न्यु डाँफे ‘ए’ सेमिफाइनलमा प्रवेश



खजुरा । बाँकेको खजुरामा जारी नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगितामा शुक्रबार भएको खेलमा बाग्मति स्पोर्टस क्लब र न्यु दर्पण युवा क्लबले जित निकालेका छन । आज निकालेको जितसँगै क्वाटर फाइनल खेल खेलेका बाग्मती र न्यु दर्पण सेमि फाइनलको यात्रा तय गरेका हुन ।

शुक्रबार सम्पन्न पहिलो खेलमा बाग्मति स्पोर्टस क्लब बि गाउँले एफ सि ब्रोर्दस खजुरालाई पेलान्टी सुट आउटमा पराजित गरेको हो । खेलको ५ औ मिनेट बाग्मति स्पोर्टस क्लबका श्याम ब्यादीले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको ३६ औं मिनेटमा एफ सि ब्रोदर्सका प्रेम सुनारले बराबरी गोल गरे । निर्धारित समयमा १÷१ को बराबरी भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा बाग्मतीको ३–१ गोलले विजयी भयो । खेलमा बाग्मतीका गोलकिपर सुदिप शाही म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

शुक्रबार भएको दोस्रो खेलमा न्यु दर्पण र धम्बोझी स्पोर्टस क्लब गोलरहित बराबरी भएपनि खेल ट्राइबेकर धकेलियो । ट्राइबेकरमा न्यु दर्पणले ५–४ गोलले विजयी भयो । खेलको न्यु दर्पणका धनसिंह विक म्यान अफ द म्याचबाट पुरस्कृत भए ।

प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार दुबै म्यान अफ द म्याच घोषित खेलाडिले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सयका दरले पुरस्कार प्राप्त गरे ।

नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने खेल संयोजक तिलकवीर सुनारले बताए । प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका छन । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ हजारका साथमा मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत हुने न्यु डाँफे स्पोर्टस क्लबका उपाध्यक्ष नारायण खनालले जनाए । प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा १४ टिमले भाग लिएका छन । शनिबार न्यु डाँफे स्पोर्टस क्लब ‘बि’ टिम र रेसिङ्ग साहारा कोहलपुर विच क्वाटरफाइनल खेल हुनेछ । हालसम्मको खेलबाट न्यु डाँफे स्पोर्टस क्लब ‘ए’ , बाग्मती स्पोर्टस र न्यु दर्पण युवा क्लब सेमिफाइनल यात्रा तय गरिसकेका छन ।

प्रकाशित मिति : १९ माघ २०८०, शुक्रबार  १० : ०३ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल