२१ जेष्ठ २०८३, बिहिबार | June 4, 2026

सुनचाँदीको भाउ घट्यो



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । लगातार ५ दिन बढेको सुनको भाउ आज ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको भाउ बढेको थियो ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : १३ बजे

बजेटअघि आयात गरिएका “बीवाईडी” गाडीबारे साइमेक्सको स्पष्टिकरण, ‘सबै प्रक्रिया कानुनअनुसार’

काठमाडौं । नेपालमा “बीवाईडी” विद्युतीय सवारीसाधनको आधिकारिक वितरक साइमेक्स इन्क

माछापुच्छ्रे बैंकको अग्राधिकार शेयर नेप्सेमा सूचीकृत

काठमाडौ । माछापुच्छ्रे बैंकको रु १०० अंकित दरका कुल ३,००,००,०००

नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान

नेपालगन्ज । नेपालगन्जमा चराचुरुङ्गी बचाउ अभियान सुरु गरिएको छ ।

तीनकुनेबाट विस्थापित सुकुम्बासी युवकको उपचारका क्रममा मृत्यु

काठमाडौं । काठमाडौंको तीनकुने-गैरीगाउँ क्षेत्रबाट विस्थापित भएका एक सुकुम्बासी युवकको

परराष्ट्रमन्त्री शिशिर खनाल भोलीदेखी तीनदिने भारत भ्रमणमा जाने

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल शुक्रबारदेखि तीनदिने औपचारिक भ्रमणका लागि