३ जेष्ठ २०८१, बिहिबार | May 16, 2024

सुनचाँदीको भाउ घट्यो



काठमाडौं । नेपाली बजारमा आइतबार सुनचाँदीको भाउ घटेको छ । लगातार ५ दिन बढेको सुनको भाउ आज ६०० रुपैयाँले घटेको हो ।

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबारदेखि शुक्रबार सम्म सुनको भाउ बढेको थियो ।यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार ३५० रुपैयाँ निर्धारण भएको छ ।

यसअघि, शुक्रबार छापावाल सुन १ लाख १९ हजार ५०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ९५० रुपैयाँ निर्धारण भएको थियो । आइतबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले घटेर तोलाको १३ सय ९५ रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय ५ रुपैयाँ कायम रहेको थियो ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  १ : १३ बजे

यसवर्षका हज यात्रीलाई नेपालगन्जबाट विदाई, यस्तो छ हजको महत्व

नेपालगन्ज । यसवर्ष हज गर्न जाने बाँकेका हज यात्रीलाई बुधबार

राष्ट्रियसभा बैठक अपराह्न ४ः३० बजे बस्ने

काठमाडौं ।राष्ट्रियसभाको बैठक आज अपराह्न ४ः३० बजे बस्ने भएको छ

तराईको गर्मीमा पनि लटरम्म स्याउ

कैलाली । तराईको प्रचण्ड गर्मीमा स्याउ फल्यो भनेको सुन्दा अचम्म

रुसी राष्ट्रपति पुटिन चीन भ्रमणमा

बेइजिङ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन आफ्नो दुई दिने राजकीय

विपक्षीको नारावाजीका बीच सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन्