१२ श्रावण २०८१, शनिबार | July 27, 2024

नवौ डाँफे कप : बाग्मती फाइनलमा



खजुरा । बाँकेको खजुरामा जारी नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको सेमि फाइनल खेलमा आयोजक टिमलाई हराउँदै बाग्मती स्पोर्टस क्लब फाइलन प्रवेश गरेको छ । आइतबार खजुराको मिनि रंगशाला मैदानमा भएको खेलमा २–१ को अन्तरले आयोजकलाई हराउँदै बाग्मति स्पोर्टस क्लबले फाइनलको यात्रा तय गरेको हो ।

८ औं डाँफे कपको उपाधि जितिसकेको बाग्मती स्पोर्टस क्लबले आइतबार भएको खेलको ९ मिनेटमा बाग्मतीका खेलाडी श्याम ब्यादीले पहिलो गोल गरेका थिए । पहिलो गोल गरेर खेललाई दवाबमा पारेको बाग्मती विरुद्ध न्यु डाँफेका खेलाडी ओम प्रकाश चौधरीले २२ औं मिनेटमा गोल गरि बराबरीमा ल्याए । पुनः खेलको ३३ मिनेटमा बाग्मती स्पोर्टस क्लबका अर्का खेलाडी विमल क्षेत्रीले गोल गर्दै बागमतीलाई अग्रता दिलाए । विमलले गरेको गोल नै खेलको अन्तिम गोल बन्न पुग्यो ।

खेलको म्यान अफ द म्याच बाग्मती स्पोर्टस क्लबका गोल किपर सुदिप शाही बने । प्रचार संयोजक खगेन्द्र दाहालका अनुसार म्यान अफ द म्याच घोषित खेलाडि गोल किपर शाहीले नेपालगन्जमा रहेको थोपा प्रयोगशालाको तर्फबाट नगद ११ सय प्राप्त गरे ।

खेल संयोजक तिलकबीर सुनारका अनुसार सोमबार दोस्रो सेमिफाइनल खेल न्यु दर्पण स्पोर्टस क्लब र रेसिङ्ग साहारा बीच हुने छ । माघ १५ गतेदेखि सन्चालनमा रहेको नवौ डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको फाइनल माघ २३ गते हुनेछ ।

नवौं डाँफे कप नक आउट फुटबल खेल प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५५ हजार ५ सय ५५ रुपैया नगद पाउने छन् । प्रथम पुरस्कार राशि हाल अमेरिकामा रहेका खजुरा गाउँपालिका वडा नम्बर ४ डि गाउँ निवासी लिल बहादुर थापाले सौजन्य गरेका हुन् । खेल प्रतियोगितामा उप विजेता हुने टिमलाई ८५ हजार ५ सय ५५ पाउने छन । दोस्रो पुरस्कार प्रतिक निर्माण सेवाले सौजन्य गरेको खेल संयोजक तिलकविर सुनारले बताए । साथमा विजेता र उप विजेता टिमलाई मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने प्रतियोगितामा उत्कृष्ट खेलाडी, गोलकिपर र सर्बाधिक गोलकर्तालाई पनि नगद २ हजार ५ सय रुपिया प्रदान गरिने आयाजकले जनाएको छ । प्रतियोगितामा १४ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ८ : ३५ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान