३ भदौ २०८३, बुधबार | August 19, 2026

समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुन एमाले उपाध्यक्ष पौडेलको निर्देशन



बुटवल । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्व उपप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले समाजवादका आधार निर्माण गर्ने र समाज रुपान्तरणमा सहभागी हुने चुनौतिपूर्ण काममा पार्टी कार्यकर्ता सक्रिय भएर लाग्न आग्रह गरे । नेकपा (एमाले) रुपन्देहीको आयोजनामा तीन दिने प्रशिक्षक प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले सो कुरा ब्यक्त गरेका हुन ।

पार्टीलाई विधि, पद्घतिबाट चलाउने, दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई परास्त गर्ने कुरा चुनौतिपूर्ण रहेको तर्फ कार्यकर्ताको ध्यान आकृष्ट गर्दै विधि र अनुशासन नभई पार्टी चल्न नसक्ने विषयलाई ध्यानपूर्वक अख्तियार गर्न आग्रह गरे ।

“पार्टीभित्र नीतिमा समस्या नरहेकोले बैयक्तिक स्वार्थमा रहेर काम नगर्ने हो भने हाम्रो पार्टीमा समस्या छैन । तर अरुको तुलनामा हैन हाम्रो आवश्यकताका आधारमा हुन जरुरी छ,” पौडेलले भने ।

रुपन्देही पार्टीका लागि चुनौतिपूर्ण र अपरिहार्य कार्यसूचि भित्र सुकुम्वासी र अब्यवस्थित बसोवासीको समस्या समाधान पहिलो नम्वरमा रहेकोले यसतर्फ दृढतापूर्वक कार्यक्रम बनाएर लाग्न तथा युवा पंक्तिलाई एमालेमार्फत नै युवा समस्याको समाधान हुन्छ भन्ने विश्वास दिलाएर तदनुसारको काममा लाग्न निर्देशन दिए ।

प्रशिक्षणमुलक मन्तव्य राख्दै उपाध्यक्ष पौडेलले भने- “शिक्षा, स्वास्थ्य र रोजगारीका लागि हामीले के गर्न सक्छौं ? यसबारेमा सरकार बाहिर छँदा पनि योजना बनाउन आवश्यक रहेकोले वैकल्पिक कार्यक्रम बनाउनुपर्यो । सबै तहको पार्टी नेतृत्वले आर्थिक सामाजिक रुपमा देश बदल्ने योजना बनाउन जरुरी रहेकोले वैठक, सम्मेलन, कार्यविभाजन र भाषण गरेर मात्र अब हुदैन, जनतालाई छुने विषयमा कार्यसूचि बनाएर हिड्नुस्,” उनले निर्देशन दिदै भने ।

प्रशिक्षण कार्यक्रमलाई अन्तरक्रियात्मक बनाउन सुझाव दिदै उपाध्यक्ष पौडेलले सर्वाधिक महत्वपूर्ण कार्यक्रममा अनुपस्थित हुनेलाई जिल्ला कमिटीले यथोचित स्पष्टीकरण लिने काम गरोस् भने । जीवन र जगतको परिभाषा जान्न तथा परिवर्तनको नियम बुझ्न पनि माक्र्सवादी दृष्टिकोणको अध्ययन जरुरी रहेकोले पुस्तक र समाज दुवै पढ्नका लागि उनले आग्रह गरे ।

जिल्ला कमिटी अध्यक्ष तेजेन्द्र केसीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन समारोहमा स्वागत स्कुल विभाग प्रमुख युवराज घिमिरेले, सञ्चालन यज्ञ गैरेले गरेका थिए ।

प्रशिक्षण कार्यक्रममा जबजको मार्गदर्शन र महाधिवेशनका कार्यदिशा कार्यभार विषयमा प्रमुख प्रशिक्षक पार्टी उपमहासचिव, केन्द्रीय पार्टी स्कुल विभाग प्रमुख प्रदीपकुमार ज्ञवाली, केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश पार्टी स्कुल विभाग संयोजक लक्ष्मण ज्ञवाली, केन्द्रीय पार्टी स्कुल विभाग सचिव घनश्याम कोइरालाले प्रशिक्षण व्यवस्थापन प्रस्तुति सीप शैली र कला, केन्द्रीय पार्टी स्कुल विभाग सदस्य वाइपी आचार्यले सूचना प्रविधिको विकास, ज्ञान र उपयोग लगायतमा प्रशिक्षण दिनेछन ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ११ : ४४ बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने