३ भदौ २०८३, बुधबार | August 19, 2026

दादुरा-रुबेलाविरुद्धको ६० लाख मात्रा खोप आयो



काठमाडौं । सरकारले दादुरा(रुबेलाविरुद्धको खोप ल्याएको छ । स्वास्थ्य सेवा विभागको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले दादुरा(रुबेलाविरुद्धको ६० लाख ५० हजार मात्रा खोप ल्याइएको र उनले दुई लाख ८० हजार मात्रा खोप आउन बाँकी रहेको जानकारी दिए ।

यो खोप अभियान सञ्चालन गरी करिब ५७ लाख बालबालिकालाई लगाइने छ । भारतीय सेरम इस्टिच्युटले उत्पादन गरेको उक्त खोप ग्लोबल अलायन्स फर भ्याक्सिन एन्ड इमुनाइजेसन (गाभी)को अनुदानमा उपलब्ध भएको उनले बताए ।

सरकारले देशभरि नै सम्भावित सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै १५ वर्ष मुनिका सबै बालबालिकालाई आगामी फागुन १३ गतदेखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्ने जनाइएको छ ।

भारतसँग सिमा जोडिएका तथा दादुरा(रुबेलाको अति सङ्क्रमित २१ र काठमाडौं उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिसम्मका बालबालिकालाई खोप लगाइने खोप शाखाका प्रमुख डा गौतमले जानकारी दिए । बाँकी जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप अभियानमा सहभागी गराइने उनको भनाइ छ ।

सरकारले यसअघि नै भूकम्पका बेला जाजरकोट र पश्चिमरुकुममा खोप अभियान सञ्चालन गरिसकेको छ । सन् २०२६ सम्म दादुरा-रुबेला निवारण गर्ने लक्ष्यका साथ खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

खोप आपूर्ति व्यवस्थापन शाखाका प्रमुख डा सुरेन्द्र चौरसियाले खोप टेकुस्थित केन्द्रीय भण्डारण कक्षमा रहेको जनाउँदै चाँडै नै जिल्लामा पठाइने बताए ।

दादुरा-रुबेला भएका बेला ज्वरो आउने, शरीरमा राता बिबिरा आउने, रुघाखोकी लाग्ने, आँखा पाक्ने जस्ता लक्षण दखिने भन्दै समयमा उपचार नगरेर आँखा नदेख्ने समस्याका साथै निमोनिया, कान पाक्नेलगायत समस्या हुने उनले बताए ।

सामान्यतयाः दादुरा-रुबेला लागेका बिरामीमा आँखा पाकेर अन्धो हुने, कान पाकेर नसुन्ने, निमोनिया भएर श्वासप्रश्वास फेर्न समस्या देखिन्छ । गत वर्ष १९ जिल्लामा दादुरा-रुबेला महामारीका रुपमा फैलिएको थियो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  १ : ४० बजे

फोटो प्रदर्शनीले नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपाल र चाइना

यस्ता छन् आजको मन्त्रिपरिषद्का निर्णयहरू

काठमाडौँ । सरकारले सङ्घीय अनुदानअन्तर्गत कार्यरत शिक्षक तथा विद्यालय कर्मचारीको

सबै सरकारी निकायहरूलाई स्वदेशी उत्पादन र सेवाको प्रयोग गर्न प्रधानमन्त्री कार्यालयको परिपत्र

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सबै सरकारी निकायहरूलाई स्वदेशी

पत्रकार किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । उच्च अदालत पाटनले जनआस्था प्रकाशन प्रालिका अध्यक्ष तथा

प्रधानमन्त्रीद्वारा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहसँग मन्त्रीहरूले चालु आर्थिक वर्षमा गरिने