३ असार २०८१, सोमबार | June 17, 2024

पच्चीस हजार अमेरिकी डलरसहित चिनियाँ नागरिक पक्राउ



काठमाडौं । अवैधरूपमा बाह्य मुलुकतर्फ लैजान लागेको २५ हजार अमेरिकी डलरसहित चिनियाँ नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीको त्रिभुवन विमानस्थलस्थित सुरक्षा टोलीले अवैधरूपमा लुकाएर बाह्य मुलुकतर्फ लैजान लागेको एक सय दरका दुई सय ५० थान अमेरिकी डलरसहित चिनियाँ नागरिक २९ वर्षीय सियुआई विङक्यानलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

चाइना साउथर्नको उडानद्वारा काठमाडौंबाट चीनको ग्ङ्जाउ जान लागेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा विङक्यानलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीका लागि पुल्चोकस्थित राजस्व अनुसन्धान विभागमा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ३ : ४६ बजे

बजेट जनता र राष्ट्रको पक्षमा : प्रधानमन्त्री

चितवन ।। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले ल्याएको नीति कार्यक्रम

प्रतितोला छ सयले घट्यो सुनको मूल्य

काठमाडौं । बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु छ

काठमाडौंको कपनबाट ६ किलो सुन सहित चिनियाँ नागरिक पक्राउ

काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले राजधानीबाट करिब ६

आइडा–२१ बैठकको अध्यक्षता गर्न विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक नेपालमा

काठमाडौं । विश्व बैंकका वरिष्ठ प्रबन्ध निर्देशक एक्सेल भान ट्रोसेनवर्ग

काठमाडौंमा पेट्रोलियम पदार्थको अभाव

काठमाडौं । ट्यांकर व्यवसायीहरूका विभिन्न संघ संस्थाको विरोधका कारण काठमाडौं