१५ बैशाख २०८१, शनिबार | April 27, 2024

कोहलपुरबाट अखाद्य सस् र चाउमीन बरामद



नेपालगन्ज । बाँकेको कोहलपुरबाट अखाद्य सस् र चाउमीन बरामद गरि नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय कोहलपुरले आज गरेको बजार अनुगमनमा अखाद्य सस् तथा चाउमीन उत्पादन गरि बजारमा बिक्रि वितरण गर्दै गरेको फेला परेपछि बरामद गरि नष्ट गरिएको हो ।

उपभोक्ताको गुनासोको आधारमा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोज कुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टोलिद्वारा भएको अनुगमनको क्रममा ‘मामा भान्जा चाउमीन तथा सस् उद्योग’ कोहलपुरले उपभोक्ता हित बिपरित लेवलिङ नगरि तथा बिल बिजक बिना कारोबार गरेको पाइएको होे ।

अनुगमन टोलिले सो उद्योगलाई रु ५ हजार जरिवाना सहित रु १४ हजार ८०० मूल्य बराबरको अखाद्य चाउमीन र सस् नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

साना उद्योगी/ब्यवशायीहरुलाई न्युनतम व्यवसायिक शिक्षा दिने कार्यमा स्थानीय तह , उद्योग बाणीज्य संघ र नेपाल सरकारका सरोकारवाला निकायहरुले साझेदारी एवं सहकार्य गर्न जरूरी देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रशासनको नियमित अनुगमन नहुँदा बजारमा बिभिन्न खान अयोग्य रङ्गहरु प्रयोग गरि अखाद्य सस् बिक्री वितरण हुँदै आएको उपभोक्ताहरुले बताएका छन् । त्यस्ता अखाद्य सस् बजारका प्रयोग भएका बियरका पुराना बोटलहरुमा भरि बिक्री वितरण हुने गरेको उपभोक्ताको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ५३ बजे

नेपालमा लगानी बढाउन नीतिगत स्पष्टता जरुरीः अमेरिकी राजदूत थम्पसन

काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले कुनै

सभापति देउवाद्वारा उपनिर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न भएकामा धन्यवाद ज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इलाम

इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो

इलाम । इलाम क्षेत्र नं २ मा आज भएको प्रतिनिधिसभा

आचारसंहिता उलंघन गरेपछि रास्वपा उम्मेदवार मिलन लिम्बूमाथि कारवाही थाल्दै आयोग

काठमाडौं । इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुले निर्वाचन

नेपालको वेस्ट इन्डिज ए माथि शानदार जित

काठमाडौं । कप्तान रोहित पौडेलको शतकमा नेपालले पहिलो टी२० खेलमा वेष्ट