२९ भदौ २०८३, सोमबार | September 15, 2026

कोहलपुरबाट अखाद्य सस् र चाउमीन बरामद



नेपालगन्ज । बाँकेको कोहलपुरबाट अखाद्य सस् र चाउमीन बरामद गरि नष्ट गरिएको छ । इलाका प्रशासन कार्यालय कोहलपुरले आज गरेको बजार अनुगमनमा अखाद्य सस् तथा चाउमीन उत्पादन गरि बजारमा बिक्रि वितरण गर्दै गरेको फेला परेपछि बरामद गरि नष्ट गरिएको हो ।

उपभोक्ताको गुनासोको आधारमा ईलाका प्रशासन कार्यालय कोहलपुरका प्रमुख मनोज कुमार थारुको नेतृत्वमा सरोकारवाला निकायहरु सहितको टोलिद्वारा भएको अनुगमनको क्रममा ‘मामा भान्जा चाउमीन तथा सस् उद्योग’ कोहलपुरले उपभोक्ता हित बिपरित लेवलिङ नगरि तथा बिल बिजक बिना कारोबार गरेको पाइएको होे ।

अनुगमन टोलिले सो उद्योगलाई रु ५ हजार जरिवाना सहित रु १४ हजार ८०० मूल्य बराबरको अखाद्य चाउमीन र सस् नष्ट गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ ।

साना उद्योगी/ब्यवशायीहरुलाई न्युनतम व्यवसायिक शिक्षा दिने कार्यमा स्थानीय तह , उद्योग बाणीज्य संघ र नेपाल सरकारका सरोकारवाला निकायहरुले साझेदारी एवं सहकार्य गर्न जरूरी देखिएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।

प्रशासनको नियमित अनुगमन नहुँदा बजारमा बिभिन्न खान अयोग्य रङ्गहरु प्रयोग गरि अखाद्य सस् बिक्री वितरण हुँदै आएको उपभोक्ताहरुले बताएका छन् । त्यस्ता अखाद्य सस् बजारका प्रयोग भएका बियरका पुराना बोटलहरुमा भरि बिक्री वितरण हुने गरेको उपभोक्ताको गुनासो आएपछि प्रशासनले अनुगमन गरेको हो ।

प्रकाशित मिति : २२ माघ २०८०, सोमबार  ७ : ५३ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ