५ असार २०८१, बुधबार | June 20, 2024

बुटवलमा लालपूर्जाविहिन क्षेत्रको नापजाँच शुरु



बुटवल । बुटवल १४ मा लालपूर्जाविहिन क्षेत्रमा जग्गाको नापजाँच शुरु भएको छ। मंगलबार बुटवल १४ कैलाशनगरबाट नापजाँचको काम शुरु भएको हो।

नापजाँचको शुरुवात गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवल उपमहानगरपालिकाभित्र लालपूर्जाविहिन क्षेत्रको नापजाँच गरी लालपूर्जा वितरण गर्नका लागि सबै प्रकारको सहयोग गर्ने प्रतिबद्धता जनाए।

उनले नापजाँचमा बुटवल उपमहानगरपालिकाले २५ जना कर्मचारी खटाएको बताउँदै नापजाँच गर्ने कर्मचारी र उपकरणको अभाव हुन नदिने बताए।

अव्यवस्थित बसोबासीको पूर्जावापत लिइने राजश्व रकम धेरै भएको बारे आफुले प्रधानमन्त्रीलाई जानकारी गराउने जनाउँदै उनले राजश्व रकम घट्नेमा विश्वास व्यक्त गरे। उनले नापजाँच भएर प्रक्रिया पूरा भएका जग्गाको पूर्जा वितरण गर्नका लागि भूमि आयोगलाई आग्रह गरे। उनले पटकपटक नापजाँच गर्ने र लालपूर्जा वितरण नगर्ने काम भएकाले यसपटक पूर्जा दिने गरी प्रक्रिया पूरा गरेर नापजाँच गर्न आग्रह गरे।

कार्यक्रममा बोल्दै भूमि आयोग रुपन्देहीका अध्यक्ष हरिबहादुर आचार्यले भूमि आयोगले नापजाँच भएका जग्गाको पूर्जा वितरणलाई तीब्र बनाउने विश्वास दिलाए । वडा नं १४ का अध्यक्ष दधिराम न्यौपानेले नापजाँच भएको जग्गाको पूर्जा वितरणलाई प्राथमिकतामा राख्न भूमि आयोगलाई आग्रह गरे।

यसअघि बुटवल २ र ११ का अधिकांश पूर्जाविहिन जग्गाको नापजाँच भएर भूमि आयोगमा पठाइएको भएपनि हालसम्म पूर्जा वितरण भएको छैन।

प्रकाशित मिति : २३ माघ २०८०, मंगलबार  ९ : ०४ बजे

गोली चलेको २ दिन पछि प्रहरीलाई सूचना, पाल्पामा भरुवा बन्दुक सहित एकजना पक्राउ

पाल्पा । पाल्पा प्रहरीले भरुवा बन्दुक सहित १ जनालाई पक्राउ

गृहसचिव अर्याल र सिचुवान प्रान्तका भ्वाइस गभर्नर हान्बिङबीच भेट

काठमाडौं । गृहसचिव एकनारायण अर्याल र चीनको सिचुवान प्रान्तका भ्वाइस

बुटवलको मुख्य प्राथमिकता शिक्षा, स्वास्थ्य, सीप तथा रोजगारी (पूर्णपाठसहित)

बुटवल । बुटवल उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि

शुक्र हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर प्रा.लि र प्रभु बैंकबीच विशेष छुट सम्झौता

काठमाडौ । पानीपोखरी स्थित शुक्रा हाउस डाईग्नोस्टिक एण्ड वेलनेश सेन्टर

सूर्य नेपाल प्रिमियर गल्फको दोस्रो दिन, भुवन र दिनेश संयुक्तरुपमा शीर्षस्थानमा

काठमाडौ । सूर्य नेपाल गल्फ टुर २०२३-२४ को अन्तिम प्रतियोगिता