३ जेष्ठ २०८३, आइतबार | May 17, 2026

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली



सिरहा । सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।”

उनले एक किलोसम्मको काउली फलाएका थिए । “यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पु¥याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,” किसान साहले भने, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।” उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए ।

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भने ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ५३ बजे

अण्डाको उत्पादन घट्यो, मूल्य बढ्यो

चितवन । गर्मी मौसमसँगै अण्डाको उत्पादन घट्दा मूल्य बढेको छ

प्रधानमन्त्रीद्वारा कीर्तिमानी आरोही शेर्पाद्वयप्रति सम्मान

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले ३२औँ पटक सगरमाथाको सफल आरोहण

जलवायु परिवर्तनका कारण विश्वका नदीहरूमा अक्सिजन तीव्र रूपमा घट्दै

बेइजिङ । नयाँ अध्ययनले जलवायु परिवर्तनका कारण विश्वभरका नदीहरूमा अक्सिजनको

स्वीकृत विदेशी लगानीको १४ प्रतिशत मात्रै भित्रियो

काठमाडौं । नेपालमा स्वीकृत विदेशी लगानीको तुलनामा वास्तविक भित्रिने रकम

असन्तुष्ट नेताहरूसँग सहकार्यका लागि जुनसुकै पद दिन तयार छु : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र असन्तुष्ट रहेका