२७ कार्तिक २०८३, शुक्रबार | November 13, 2026

लहानका किसान रतन साहले फलाए रङ्गीन काउली



सिरहा । सिरहाको लहान नगरपालिका-२४ का किसान रतन साहले विभिन्न रङ्ग र फरक स्वादका काउली फलाउन सफल भएका छन । उनले उत्पादन गरेको गुलाबी र पहेँलो रङ्गका आकर्षक उक्त काउली हेर्न अहिले घुइँचो नै लाग्न थालेको छ ।

उनले भने “सात वर्षपहिले वैदेशिक रोजगारीमा हुँदा इन्टरनेटमा यस्तो काउली देखेकाले थिएँ । स्वदेश फर्किएपछि भारतबाट काउलीको बीउ झिकाए । परीक्षणका लागि पाँच धुर जग्गामा लगाए । राम्रो उत्पादन भयो । बजार राम्रो पाएकाले आगामी दिनमा पाँच कट्ठामा तरकारी खेती विस्तार गर्ने सोचमा छु ।”

उनले एक किलोसम्मको काउली फलाएका थिए । “यसको रङ्ग र स्वाद फरक भएकाले बजारमा पु¥याउनसाथ बिक्री हुन्छ । यो जातको काउलीको बीउको मूल्य अन्य जातको भन्दा करिब पाँच गुणा बढी पर्दछ,” किसान साहले भने, “आगामी दिनमा अझै धेरै यस्तै काउली उत्पादन गर्ने विचारमा छु ।” उनले सोमबार मात्र १६ किलो उक्त काउली प्रतिकिलो दुई सय दरले बिक्री गरेका थिए ।

खेतमा रङ्गीन काउली अवलोकन गर्न आउनेको घुइँचो लागेको उनले जानकारी दिए । “सबैतिर यस काउलीको चर्चा चलेकाले वास्तवमा कस्तो रहेछ भनेर अवलोकनका लागि आएको हुँ । अहिले हेरिसकेपछि मनै आनन्दित भयो ।” प्रधानाध्यापक कुशेश्वर यादवले भने ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ७ : ५३ बजे

सरकारले भीमफेदी दुर्घटनाका घाइतेको उपचार र मृतकका परिवारलाई क्षतिपूर्तिको प्रक्रिया अघि बढायो

काठमाडौं । सरकारले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक सवारी दुर्घटनाका घाइतेहरूको

आइटियुमा नेपालको सहभागिता अर्थपूर्ण र प्रभावकारी रह्यो : सञ्चारमन्त्री

काठमाडौं। सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले अन्तर्राष्ट्रिय दूरसञ्चार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु १२

तीन सय ८६ वर्ष पुरानो ऐतिहासिक कार्तिक नाच आजदेखि प्रदर्शन हुँदै

ललितपुर । मल्लकालीन कला, संस्कृति र नाट्य परम्पराको जीवन्त धरोहरका

विश्व सम्मेलनमा सहभागी हुन प्रचण्ड मस्को प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा