१८ असार २०८३, बिहिबार | July 3, 2026

१७ औं मनमोहन स्मृति फुटबल : वडा नं १५ र १८ विजयी



बुटवल । बुटवलमा जारी १७ औं मनमोहन स्मृति वडा स्तरिय नकआउट फुटबल प्रतियोगितामा वडा नं १५ र १८ विजयी भएका छन् । आजको खेलमा विजयी भएसँगै दुबै टिम दोस्रो चरणमा प्रवेश गरेका छन् ।

बुटवल उपमहानगरपालिकाको संरक्षकत्व र राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जारी प्रतियोगिता अन्तरगत बुधबार भएको पहिलो खेलमा वडा नं १५ ले वडा नं ५ लाई १–० तथा दोस्रो खेलमा वडा न १८ ले वडा नं.२ लाई १–० गोल अन्तरले पराजित गरेको हो ।

सिद्घेश्वरी खेलमैदानमा भएको पहिलो खेलमा वडा नं १५ को जितमा एकमात्र गोल दिपेश थापा मगरले गरे । खेलको १३ औ मिनेटमा पाएको पेनाल्टीमार्फत उनले गोल गरेका थिए । खेलमा डेभिड थापामगर म्यान अफ दी म्याचबाट पुरस्कृत भए ।

यसैगरि दोस्रो खेलमा वडा नं १८ को जितमा एकमात्र गोल राज गाहामगरले गरेका थिए । उनले पेनाल्टीलाई सदुपयोग गर्दै गोल गरे । खेलमा वडा नं १८ का गोलकिपर रबि थारु म्यान अफ दि म्याचबाट पुरस्कृत गरिएको राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिका अध्यक्ष गणेश बोहराले बताए ।

बिहिबार बिहान पहिलो खेल वडा नं १९ र १३ र दोस्रो खेल दिउँसो वडा नं ३ र ६ का बीच हुने संयोजक अमृत भण्डारीले बताए । प्रतियोगिताको विजेतालाई नगद १ लाख ११ हजार १ सय ११ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्र, उपविजेता टिमलाई नगद ५५ हजार ५ सय ५५ रुपैया, ट्रफि, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

यसैगरि सर्वोत्कृष्ट खेलाडीलाई नगद ७ हजार ७ सय ७७ रुपैया, कप, मेडल, प्रमाणपत्र, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, अनुसासित टिमलाई नगद ४ हजार ४ सय ४४ रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । प्रत्येक दिन म्यान अफ दी म्याचलाई १ हजार रुपैयाबाट पुरस्कृत गरिने छ । खेलमा उपमहानगरका १८ टिमले भाग लिएका छन ।

प्रकाशित मिति : २४ माघ २०८०, बुधबार  ९ : २३ बजे

पेट्रोलपम्प बन्द गर्नेलाई १० लाख जरिवाना र १५ दिन बिक्रीवितरण रोक्का

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको निर्वाध बिक्रीवितरणमा व्यवधान गर्ने पेट्रोलपम्पलाई

रसुवागढी नाकाको मितेरी पुलबाट आजदेखि सवारी सञ्चालन

रसुवा । बेलीब्रिज परीक्षणका लागि यही असार १५ गतेदेखि रोकिएका

अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातको भाडा दुई प्रतिशते घट्यो

काठमाडौँ । यातायात व्यवस्था विभागले गत असार १७ गते मध्यरातिदेखि

आमाको सम्झनामा ढकालले दिए खजुरा क्यान्सर अस्पताललाई १० थान ह्विलचेयर

खजुरा । पत्रकार एवं समाजसेवी जयपति ढकालले सुशील कोइराला प्रखर

सहकारी (पहिलो संशोधन) विधेयक प्रतिनिधिसभाबाट बहुमतले पारित

काठमाडौं । प्रतिनिधिसभा बैठकबाट ‘सहकारी (पहिलो संशोधन) विधेयक, २०८३’ बहुमतले