१२ श्रावण २०८१, शनिबार | July 27, 2024

व्यवसायीलाई पाँच करोड माग्दै ज्यान मार्ने धम्की दिने दुईजना पोखरामा पक्राउ



काठमाडौं । व्यवसायीलाई फोनमार्फत धम्की दिई पाँच करोड रकम माग गरेको आरोपमा पोखरामा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्वत कुश्मा नगरपालिका-२ खुर्कोट घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ३६ वर्षीय लक्ष्मण दर्जी र कुश्मा नगरपालिका-१४ घर भई हाल पोखरा महानगरपालिका-८ सिमलचौर बस्ने ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन्।

उनीहरूलाई बुधबार सिमलचौरस्थित डेराबाट पक्राउ गरिएको कास्कीका प्रहरी उपरीक्षक मोहन कुमार थापाले बताए। दुबैलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।

थापाका अनुसार दर्जी र क्षेत्रीले पोखरा महानगरपालिका-१६ लामाचौर घर भई त्यहीँ रहेको सच्चाई सेवा केन्द्रका सञ्चालक प्रकाशदीप गैरेलाई फोन तथा म्यासेजमार्फत् पाँच करोड माग गरेका थिए।

सच्चाई केन्द्र नेपालका केन्द्रीय अध्यक्षसमेत रहेका गैरेलाई उनीहरूले हिन्दी भाषामा कुराकानी र एसएमएस गरी पाँच करोड रुपैयाँ माग गरेका थिए।

उक्त रकम नदिए उनीहरूले गैरे र उनको परिवारलाई ज्यान मार्ने धम्की दिएका थिए। गत माघ १८ गतेदेखि निरन्तर फोन र एसएमएसमा धम्की आउन थालेपछि गैरे प्रहरीमा पुगेका थिए।

‘गैरेको निवेदन परेपछि खोज्दै जाँदा दुबैलाई धम्की दिन प्रयोग गरिएको सिमसहितको मोबाइललगायत अन्य सामग्रीसहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ,’ प्रहरी उपरीक्षक थापाले भने।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  १२ : ५५ बजे

चीनले नेपाललगायत विकासोन्मुख राष्ट्रलाई थप लाभ बाँड्ने छ : राजदूत सोङ

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छेन सोङले चीनले अल्पविकसित

नेवाः पुच बाँकेले नेपालगन्जमा गाईजात्रा मनाउने

नेपालगन्ज । बाँकेका नेवाः समुदायले यस वर्षपनि गाईजात्रा (सापारु) पर्व

चार दिनदेखि कालीगण्डकी करिडोर बन्द

बागलुङ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ

जसपा नेपालले बोलायो केन्द्रीय समितिको बैठक

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक

काठमाडौँ-तराई द्रूतमार्ग : जग्गा अधिग्रहणको प्रतीक्षामा सेना

काठमाडौँ । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराईरमधेस द्रूतमार्ग (फास्ट