२९ माघ २०८२, बिहिबार | February 13, 2026

मणिमुकुन्द भलिबल क्लब ९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता, पहिल‍ो खेलमा नेपाली पुलिस र सुदुरपश्चिम भिड्ने



बुटवल । मणिमुकुन्द भलिबल क्लब ९ औं राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा नेपाली पुलिस क्लब र सुदुरपश्चिम बिच पहिलो खेल हुने भएको छ ।

प्रदेश खेलकुद परिषद लुम्बिनी प्रवर्द्धन तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजन तथा मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहिबार भएको टेक्निकल मिटिङमा रेफ्रि कमिस्नर पुर्ण प्रसाद चौलागाईले गोलाप्रथाद्घारा पोल विभाजन गरि टाईसिट प्रकाशित गरेका छन । शुक्रबार दोस्रो खेलमा आयोजक लुम्बिनी प्रदेशले एपिएफसंग प्रतिस्पर्धा गर्ने छ । उनले लिग कम नकआउटका आधारमा खेलाईने प्रतियोगितामा १० टिमलाई दुई वटा पोलहरु राखिएक‍ो बताए ।

सुर्खेतमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबल प्रतियोगिता अनुसार क्रमश विजेता पुलिस विजेता, उपविजेता एपिएफ क्लब, तेस्रो गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको उनले बताए ।

जसअनुसार प‍ोल ए मा पुलिस, नेपाल आर्मी, मधेस प्रदेश प्रदेश, कोशी प्रदेश, सुदुर पश्चिम प्रदेश तथा पोल बि गण्डकी र एपिएफ, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेश रहेका छन ।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले दशक पछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए । ससाना त्रुटीलाई समेत केलाएर सफल बनाउनुपर्ने उनले बताए ।

कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रीय सचिव झग बहादुर मिदुन, क्लबका अध्यक्ष ल‍ोक बहादुर भण्डारीले नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई सरोकारवाला संघसंस्थाहरु लाग्न जरुरी रहेको बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ६ : १८ बजे

जेन–जी सहिदहरुले राष्ट्रका लागि बगाएको रगतलाई कत्ति पनि खेर जान दिने छैन : शुधान्सु

नेपालगन्ज । नेपाली कांग्रेसबाट बाँकेको प्रतिनिधि सभा क्षेत्र नम्बर २

निर्वाचन आचारसंहिता सबैलाई उत्तिकै लागू हुन्छ

चितवन । निर्वाचन आचारसंहिता राजनीतिक दल, उम्मेदवार तथा सञ्चारमाध्यमलगायत सबै

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ । बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

लुकुमलाई ‘नमूना’ गाउँ बनाउने संयोजक प्रचण्डको प्रतिबद्धता

रुकुम पुर्व । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास

काठमाडौँ । नेपाली सेना स्थापनाको २६३औँ वार्षिकोत्सवका अवसरमा आज सैनिक