४ भदौ २०८३, बिहिबार | August 21, 2026

बुटवलमा बाआमासँग नगर प्रमुख कार्यक्रमले पायो निरन्तरता

घरदैलोमै सेवा पाएपछि जेष्ठ नागरिकमा उत्साह



बुटवल । बुटवल उपमहानगरपालिकाको ‘बाआमासँग नगर प्रमुख’ कार्यक्रमअन्तरगत बिहीबार बुटवल ३ मा जेष्ठ नागरिकहरुको स्वास्थ्य परीक्षण गरिएको छ।

सोमबार बुटवल १२ तामनगर प्रगति टोलकी ११० वर्षीया ऐरावती बरइको स्वास्थ्य परीक्षण गरेर शुरु भएको कार्यक्रमअन्तरगत बुधबार वडा नं १ मा ७३ जना र २ मा १ सय २९ जनाको स्वास्थ्य परीक्षण गरिएको थियो।

यस्तै बिहीबार वडा नम्बर ३ मा १ सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएको र तीमध्ये ४८ जनाको इसीजी र १ सय ४१ जनाको मधुमेह परीक्षण गरिएको छ।

जेष्ठ नागरिकको घरदैलोमै पुगेर स्वास्थ्य परीक्षण गर्ने कार्यक्रमले आफुलाई खुशी लागेको नगर प्रमुख खेलराज पाण्डेयले बताए।

उनले जेष्ठ नागरिक र फरक क्षमता भएकाहरुको स्वास्थ्य परीक्षण तथा उपचारमा विशेष चासो दिएको र आगामी वर्षमा समेत निरन्तरता दिने बताए। उनले घरबाहिर निस्किन नसक्ने र अपाङ्गता भएका व्यक्तिहरूका लागि सहज होस् भन्ने उदेश्यले विशेषज्ञसहितको सेवा घरदैलोमा पुर्‍याउन थालेको बताए ।

उनले बुटवललाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउने गरी योजनाहरू बनाएको र कार्यान्वयन गर्दै लग्ने बताए। चालु आर्थिक वर्षको बजेटमा बाआमासँग नगरप्रमुखका साथसाथै उपप्रमुख सुत्केरी स्वास्थ्यवद्र्धक कार्यक्रम, शिशु पोषण कार्यक्रम र जटिल रोगका बिरामीका लागि राहत दिने र उपचारमा सहयोग गर्ने कार्यक्रम नियमित रूपमा सञ्चालन भइरहेको बताए।

१९ वटै वडामा सञ्चालन हुने अभियानका क्रममा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका वरिष्ठ फिजिसियन डा. नन्दु पाठक, स्त्री रोग विशेषज्ञ डा. राजेन्द्र बस्याल, फिजिसियन डा. हरि पन्थी, विशेषज्ञ चिकित्सकहरू, मेडिकल अधिकृत तथा स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गर्ने जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले जानकारी दिए।

अभियानका क्रममा प्रयोगशालामा गरिने आवश्यक परीक्षण र औषधिहरू समेत निशुल्क दिइने उनले बताए ।

उनका अनुसार स्वास्थ्य परीक्षण र उपचारका लागि आएका जेष्ठ नागरिकलाई आवश्यक औषधि समेत प्रदान गरिएको छ भने कार्यक्रमअन्तरगत स्वास्थ्य परीक्षण र उपचारका लागि आउने जेष्ठ नागरिकलाई आवश्यक पर्ने परीक्षण र औषधिहरु निशुल्क रुपमा उपलब्ध गराइएको छ ।

पायडेले घरदैलोमै स्वास्थ्य सेवा पुगेपछि जेष्ठ नागरिकमा उत्साह थपिएको बताए। उनका अनुसार अभियान सञ्चालन हुन बाँकी रहेका वडाहरुबाट समेत चासो व्यक्त गर्दै जेष्ठ नागरिकहरु अन्य वडाहरुमा सेवा लिनका लागि पुग्न थालेका छन्।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ८ : ४९ बजे

बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ

नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले अदालतबाट फैसला भई सजाय

उद्योग वाणिज्य संघ निर्वाचन : संयुक्त प्यानलद्वारा २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक (पूर्णपाठ)

नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको निर्वाचनका लागि संयुक्त प्यानलले

जनता टेलिभिजनका अध्यक्ष पौडेल रिहा

काठमाडौं । जनता टेलिभिजनका अध्यक्ष विजयप्रसाद पौडेल रिहा भएका छन्

दुई लाख घुससहित विद्यालय व्यवस्थापन समितिका सदस्य पक्राउ

महेन्द्रनगर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग महेन्द्रनगरको टोलीले आज कैलालीको

जडीबुटी निर्यातका लागि व्यापारिक ‘ट्रान्जिट’ बन्दै नेपालगञ्ज

नेपालगन्ज । बहुमूल्य जडीबुटी सङ्कलन, प्रशोधन, भण्डारण र विदेश निर्यातका