४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानी सम्झौता



काठमाडौं । नेपाल र अष्ट्रेलियाबीच व्यापार तथा लगानीसम्बन्धी सम्झौता भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको अष्ट्रेलिया भ्रमणका क्रममा उक्त सम्झौता भएको उहाँको सचिवालयले जनाएको छ ।

अष्ट्रेलियाका लागि नेपालका राजदूत कैलाशराज पोखरेल र अष्ट्रेलियाका सहायक विदेशमन्त्री टिम वाट्सबीच उक्त सम्झौतामा हस्ताक्षर भएको हो । परराष्ट्रमन्त्री साउद र अष्ट्रेलियाली समकक्षी पेनी वोङको उपस्थितिमा उक्त सम्झौतामा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हस्ताक्षर सम्पन्न भएपछि दुवै देशका परराष्ट्रमन्त्रीले नेपाल र अष्ट्रेलियाबीचको मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन सम्झौता महत्वपूर्ण हुने धारणा राखेका थिए ।

सम्झौतामा हस्ताक्षर गर्नुभएका अस्ट्रेलियाली सहायक विदेशमन्त्री वाट्सले अष्ट्रेलिया र नेपालबीचको सम्बन्ध जनस्तरसम्म नै पुगेको बताए । “अष्ट्रेलिया र नेपाल निकटका मित्रराष्ट्र हुन् । हाम्रो सम्बन्ध जनस्तरसम्म गाँसिएको छ । हाम्रो देशमा नेपाली मूलका अष्ट्रेलियालीको समुदाय तीव्ररूपमा बढिरहेको छ”, सम्झौतामा हस्ताक्षर गरेपछि वाट्सले सामाजिक सञ्जाल एक्समामा लेखेका छन् ।

वाट्सले गत वर्ष नेपाल भ्रमण गरेका थिए । उक्त भ्रमणका क्रममा आफूले नेपाल सरकार, विभिन्न क्षेत्रका नेतृत्वसँग आपसी सम्बन्ध थप गहिराइमा पुर्‍याउने अवसर र उपायबारे कुराकानी गरेको स्मरण गरे ।

साथै उनले परराष्ट्रमन्त्री साउदसँग भएको भेटवार्तामा दुवै देशबीचको आर्थिक सम्बन्ध थप गहिराइ पुर्‍याउने विषयमा छलफल गरेको स्मरण गरेका उनैले दुवै देशबीच आर्थिक तथा लगानी फ्रेमवर्कमा हस्ताक्षर गर्ने अवसर मिलेकोमा खुसी व्यक्त गरेका थिए ।

उक्त छलफलपछि दुवै देशबीचको आर्थिक सम्बन्ध थप बलियो बनाउने गरी दुवै देशका अधिकारीले औपचारिक सम्झौताका लागि पटकपटक छलफल गरेका थिए ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ११ : ३७ बजे

सत्ता गठबन्धनभित्रै बाट आयो संसदीय छानबिन गठन गर्नु पर्ने आवाज

काठमाडौं । सत्ता गठबन्धन भित्रका एमाले र माओवादीले कांग्रेसको माग

मनपरी गर्ने बुटवलका २ मासु पसललाई जरिवाना

बुटवल । बुटवल उपमहानगरपालिकाले २ वटा मासुपसललाई जरिवाना गरेको छ

राष्ट्रसङ्घद्वारा विश्वव्यापी आर्थिक दृष्टिकोण सार्वजनिक

सिन्ह्वा । संयुक्त राज्य अमेरिका र ठूला उदीयमान अर्थव्यवस्थाहरूको बलियो

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको