२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

बेवारिसे बरामदी सवारी साधन लिलामी गर्दै बाँके प्रहरी



नेपालगन्ज । प्रहरी चेकजाँचका क्रममा बरामद गरेर बर्षौदेखि प्रहरी कार्यालयमा थन्काइएका सवारी साधनलाई बाँके प्रहरीले लिलामी गर्ने भएको छ । जिल्ला प्रहरी कार्यालय सहित बिभिन्न प्रहरीका युनिटहरुमा थन्काइएका १ सय ४० थान सवारी साधनलाई बाँके प्रहरीले लिलामी गर्ने भएको हो ।

जिल्ला प्रहरी तथा मातहतका प्रहरी इकाईहरुमा रहेका विभिन्न समयमा विविध कारणले नियन्त्रणमा लिइएका स्वामित्व नखुलेका तथा कागजपत्र नभेटिएका पुराना सवारी साधनहरुको लिलामी प्रक्रिया अगाडी बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक निरञ्जन घिमिरेले बताए । उनले कानुनी प्रक्रिया पुरा व्यवस्थापन गर्नुपर्ने भएकोले लिलाम सूचना प्रकाशित गरी प्रक्रिया अगाडी बढाएको जानकारी दिए । घिमिरेका अनुसार सरकारी सम्पत्ति तथा जिन्सी मालसामान लिलाम बिक्री सम्बन्धी कार्यविधि २०७९ को परिच्छेद ३ को दफा २० बमोजिम लिलाम बिक्री प्रक्रिया थालिएको हो ।

माघ २५ गतेदेखि लागू हुनेगरी १५ दिने लिलाम बिक्रीको सार्वजनिक सूचना प्रकाशित गरिएको बाँके प्रहरीले जनाएको छ । बाँके प्रहरीका विभिन्न इकाईहरुमा समयसमयमा बरामद गरिएका सयौं मोटरसाइकलहरु कवार्ड बन्ने अवस्थामा पुगेका छन् ।

प्रकाशित मिति : २६ माघ २०८०, शुक्रबार  ५ : ४१ बजे

बिहीबारदेखि काठमाडौंका यी क्षेत्रमा ६ घण्टा विद्युत जाने

काठमाडौं । बिहीबारदेखि ४ दिन काठमाडौंका विभिन्न स्थानमा विद्युत् अवरुद्ध

चिनियाँ विद्युतीय कारमा अमेरिकाले चार गुणा कर बढायो

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनमा बनेका इलेक्ट्रिक कार,

भरतपुरको छ लेन सडक निर्माण अन्तिम चरणमा

चितवन । भरतपुर महानगरपालिकाको मुख्य सहरी क्षेत्रको पुल्चोक–गोन्द्राङ् छ लेन

उपेन्द्र यादवले दायर गरेको रिट न्यायाधीश विनोद शर्माको इजलासमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले

मधेस प्रदेशका ९० प्रतिशत नागरिक बीमाको पहुँच बाहिर

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको