१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

बुटवल उपमहानगरपालिकाले ६५ औं स्थापना दिवस मनाउँदै



बुटवल । बुटवल उपमहानगरपालिकाले स्थापनाको ६५ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाउँदैछ ।

जसअन्तरगत अन्तरविद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिता बिहीबार शुरु भएको छ भने अन्तरविद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता फागुन १ र २ गते हुँदैछ ।

यस्तै शुक्रबार बुटवल उपमहानगरपालिकाको आयोजना र नगरपालिका कर्मचारी एशोशिएशन बुटवल इकाइको व्यवस्थापनमा रक्तदान कार्यक्रम भएको छ ।

शुक्रबार नै बुटवल उपमहानगरपालिकाबाट सेवानिवृत्त भएका कर्मचारीहरुलाई सम्मान गरिएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख खेलराज पाण्डेयले कर्मचारीको भूमिकाले नगरको उन्नति प्रगतिमा महत्व राख्ने बताउँदै सकारात्मक भूमिका निर्वाहका लागि आग्रह गरे ।

उनले नगरको विकास र समृद्धिमा पूर्व कर्मचारीको रुपमा सकारात्मक भावना र सकारात्मक सहयोगको अपेक्षा रहने बताए । उनले जनप्रतिनिधि र कर्मचारीबीचको तालमेलबिना नगरको विकास हुन नसक्ने बताउँदै त्यसतर्फ गम्भीर बन्न कर्मचारीहरुलाई आग्रह गरे ।

कार्यक्रममा बोल्दै उपप्रमुख सावित्रादेवी अर्यालले जनप्रतिनिधि र कर्मचारीबीचको सहकार्य र समन्वयले मात्रै नगरको विकास गर्न सम्भव भएकाले सोहीअनुसार प्रतिबद्ध रहन कर्मचारीहरुलाई आग्रह गरिन् । उनले कर्मचारीहरुले प्रतिबद्ध भएर काम गरेमा नगरको विकास सहज तरिकाले हुने बताइन् ।

कार्यक्रममा पूर्व कर्मचारीहरु हरिप्रसाद अर्याल, विष्णुप्रसाद खनाल, रामप्रसाद अर्याल, नरेन्द्र बस्नेत, नगरपालिका कर्मचारी एशोशिएशनका सितुप्रसाद श्रेष्ठ, अनिल माण्डव्य, रेश्मीराज घिमिरेलगायतले बोल्दै जनप्रतिनिधि र कर्मचारीबीचको समन्वय र सहकार्य सधै अपरिहार्य रहने बताएका थिए ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ९ : ०४ बजे

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे

सरकार-चिकित्सक सहमतिपछि आजदेखि अस्पतालका सबै सेवा नियमित

काठमाडौं । सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएपछि

नेदरल्यान्डससँग नेपाल पराजित

काठमाडौं । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गत बुधबार सम्पन्न