२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

भेरी साहित्य समाजको सातौं अधिवेशनबाट ईन्द्र बस्नेत अध्यक्षमा निर्वाचित



नेपालगन्ज । पश्चिम नेपालको प्रतिनिधिमुलक साहित्य संस्था भेरी साहित्य समाजको सातौ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले सर्वसम्मत साहित्यकार ईन्द्र बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गर्दै सम्पन्न भएको हो ।

पूर्वप्राज्ञ परिषदको सदस्य सचिव सनत रेग्मीबाट आज नेपालगन्जमा उदघाटन भएको समाजको अधिवेशनमा इश्वरी प्रसाद रिजालद्वार लिखित ‘बाँके सताब्दी साहित्य’ नामक पुस्तक सहित ४ वटा कृतिहरु बिमोचन भएको छ भने भेरी साहित्य समाजबाट प्रकाशित दौंतरीको २७ औं अंकको सार्वजनिकरण समेत गरिएको थियो ।

अधिवेशनले बस्नेतको अध्यक्षतामा १५ सदस्सीय कार्यसमिति निर्वाचित गरेको छ । समाजको बरिष्ठ उपाध्यक्षमा इश्वरी प्रसाद रिजाल, उपाध्यक्षमा महेन्द्र चन्द महासागर, महासचिवमा गिता अर्याल, सचिवमा प्रभात सुबेदी र कोषाध्यक्षमा सरोज चौधरी निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यमा मिना बराल, चन्द्रावती अधिकारी, कोकीला सिंह, भरतबहादुर रानाभाट, बालकृष्ण शर्मा रेग्मी, राजकुमार चौधरी, रामचन्द्र आचार्य र हेमन्तराज माण्डब्य निर्वाचित भएका छन् ।

अधिवेशनको उदघाटन सत्रमा साहित्य क्षेत्रमा योगदान पु¥याएका पत्रकार झलक गैरे, टिकाराम उदासी, अयोध्या प्रसाद श्रीवास्तव, इन्द्र बस्नेत र थानेश्वर लामिछानेलाई सम्मान गरिएको थियो ।

अधिवेशनमा महासचिव लेकप्रसाद प्याकुर्यालले संस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गरेका थिए । भेरी साहित्य समाजमा पश्चिम क्षेत्रका ६ वटा जिल्लाका साहित्यकारहरु आवद्ध रहेका छन् ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ६ : ४४ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास