४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

जोर्डनलाई हराउँदै कतारले जित्यो एशियन कपको उपाधी



काठमाडौं । कतारले लगातार दोस्रो पटक एशियन कपको उपाधी जितेको छ । शनिबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलाई ३-१ गोल अन्तरले पराजित गर्दै कतारको एशियन कपको उपाधि जितेको हो ।

कतारको जितमा आक्रम अफिफले ह्याट्रिक गरेका थिए । उनले तिनै गोल पेनाल्टीबाट गरेका थिए । त्यसैगरी जोर्डनका लागि एक गोल यजन अल नैमतले गरेका थिए ।

यस अघि २०१९ मा पहिलो पटक विजेता बनेको कतारले लगातार दोस्रो पटक उपाधि जितेको हो । कतार लगातार दोस्रो पटक एशियन कप जित्ने चौथो देश बनेको छ ।

यस अघि साउदी अरेबियाले १९८४ र १९८८ मा, इरानले १९६८ र १९७२ मा तथा दक्षिण कोरियाले १९५६ र १९६० मा एशियन कप जितेको थियो ।

योसँगै पहिलो पटक फाइनलमा पुगेको जोर्डन उपविजेता बनेको छ ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ७ : ३६ बजे

प्रधानमन्त्री प्रचण्डले जेठ ७ गते विश्वासको मत लिने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही जेठ ७ गते

पर्यटन प्रवर्द्धन गर्न ठमेलमा हस्तकला मेला

काठमाडौं । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यहाँको प्रमुख पर्यटकीय गन्तव्य

काठमाडौं उपत्यकामा पनि तापक्रम बढ्ने

काठमाडौं । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको

सनराइजर्स हैदरावाद आइपिएलको प्लेअफमा

काठमाडौं । सनराइजर्स हैदरावाद इन्डियन प्रिमियर लिग (आइपिएल) को प्लेअफमा

बनेपाका एक हजार घरमा ‘कौसीखेती’

काभ्रेपलाञ्चोक । बनेपा नगरपालिकाले सहरी क्षेत्रका नागरिकका लागि ‘कौसीखेती’ प्रवद्र्धन