४ पुस २०८२, शुक्रबार | December 20, 2025

तिलोत्तमा व्यापार संघले गोष्ठीमार्फत आगामी कार्ययोजना बनाउने



तिलोत्तमा । तिलोत्तमा व्यापार संघले वार्षिक कार्ययोजना निर्माणका लागि आगामी चैत १, २ र ३ गते कार्यशाला गोष्ठी गर्ने निर्णय गरेको छ । संघको शनिबार बसेको कार्यसमितिको बैठकले कार्यशाला गोष्ठीमार्फत कार्ययोजना निर्माण गर्ने र कार्यशालाको स्थान भने पछि तय गर्ने निर्णय गरेको हो ।

त्यस्तै बैठकले संघको सल्लाहकारहरु चयन गरेको छ । संस्थागत सल्लाहकारमा रुपन्देही व्यापार संघ रहेको छ भने सल्लाहकारहरुमा मोहन चापागाई र यज्ञ गैरेलाई चयन गरिएको छ ।

संघले प्राविधिक सल्लाहकारमा दुजेन्द्र बस्नेत, आर्थिक सल्लाहकारमा नुमेन्द्र पौडेल, कानुनी सल्लाहकारमा केशव चौधरी, प्रेस सल्लाहकारमा लक्ष्मण पौडेल र अन्य सल्लाहकारहरुमा हरिप्रसाद उपाध्याय, विष्णुप्रसाद भट्राई र कमल पौडेललाई चयन गरिएको कार्यालय प्रमुख रामप्रसाद सापकोटाले जानकारी दिए ।

बैठकले मानबहादुर बर्माको संयोजकत्वमा कमलप्रसाद शर्मा कंडेल, शितल ज्ञवाली, भगवती घर्ती र मिनराज भारद्वाज सदस्य रहेको क्यालेन्डर प्रकाशन समिति पनि गठन गरेको छ । बैठकमा कार्यसमिति सदस्य ताराप्रसाद नेपाल द्वितीय उपाध्यक्षमा रामु भण्डारी सहकोषाध्यक्ष र पार्वती गिरीले सदस्यको रुपमा शपथग्रहण गरेका थिए ।

 

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ५ : १८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको