५ असार २०८३, शुक्रबार | June 19, 2026

बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने



बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन् ।

आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह माविलाई २-० गोल अन्तरले हराउँदै नवीन औद्योगिक माविले फाइनलको यात्रा तय गरेको हो ।

फाइनल खेल सोमबार दिउसो २ बजे बुटवल ११ देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा हुनेछ । आइतबार एन्फा टेक्निकल सेन्टरको मैदानमा भएका खेलमा एभरेष्ट माविलाई १-० गोलअन्तरले हराउँदै अक्सफोर्ड सेमीफाइनल प्रवेश गरेको थियो ।

यस्तै जबइ खेल मैदानमा भएको खेलमा सरस्वती माविलाई १-० गोलअन्तरले हराउँदै नवीन औद्योगिक मावि सेमीफाइनल प्रवेश गरेको थियो । यसअघि उजिरसिंह माविले ज्ञानोदय माविलाई ट्राइबेकरमा ३-१ गोलअन्तरले हराउँदै अघिल्लो चरण प्रवेश गरेको थियो ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका छन् । प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी छन् ।

प्रतियोगितामा प्रथम हुनेले एक लाख, दोश्रो हुनेले ६० हजार, सेमीफाइनलमा पुग्ने २ वटा टीमलाई १८-१८ हजारका दरले पुरस्कार, शिल्ड र पदक प्रदान गर्ने नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

उनका अनुसार उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाउनेछन् ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : १२ बजे

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौं । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा

मन्त्री निवासमा प्रहरीले खानतलासी गरेकामा सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसद राजेन्द्रकुमार राईले कोशी प्रदेशको

एडिबीद्वारा ११ करोड ५० लाख अमेरिकी डलरको सहुलियत ऋण स्वीकृत

काठमाडौँ । एसियाली विकास बैंक (एडिबी)ले नेपालका नगरपालिकामा खानेपानी र

संवैधानिक निकायमाथि हस्तक्षेप गरेर मुलुकमा ‘जङ्गलराज’ स्थापित गर्न खोजियो : कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले सिंहदरबारभित्र कुनै ‘अदृश्य गिरोह’ सक्रिय रहेको

उजुरीपछि अख्तियारको छापा

भैरहवा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलले रुपन्देहीको कोटहीमाई