२५ माघ २०८२, आइतबार | February 8, 2026

कोरिया नेपाल बहुप्राविधिक शिक्षालयमा अध्ययनरत विद्यार्थीले बनाएको ‘ग्राभेज कम्प्याक्टर मेसिन’ सन्धिखर्क नगरपालिकालाई प्रदान



बुटवल । कोरिया नेपाल बहुप्राविधिक शिक्षालय (के एन पि आइ नेपाल) बुटवल-१२ तामनरमा निर्माण भएको ‘ग्राभेज कम्प्याक्टर मेसिन’ सन्धिखर्क नगरपालिकालाई प्रदान गरिएको छ । शिक्षालयमा आईतबार एक कार्यक्रमको आयोजना गरी मेसिन प्रदान गरिएको हो ।

प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद्का सदस्य सचिव ईन्जीनीयर महेश भट्टराईले सिपलाई व्यवसायमा रुपान्तरण गर्ने कार्य आफैमा महत्वपूर्ण भएको बताएका थिए । उनले सिपलाई उद्यमशिलता र उद्यमशिलतालाई व्यवसायीकतामा जोड्न अहिलेको प्राविधिक शिक्षा सफल हुनुपर्ने भन्दै सोही अनुसार लाग्नुपर्ने बताएका थिए ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्ण प्रसाद श्रेष्ठले शिक्षालयले बनाएको कम्पाक्टर मेसीन बाट २० ट्रक नविकरणीय फोहरलाई एक ट्रकमा झार्न सकिने भन्दै यसको लागि शिक्षालयका विद्यार्थीहरुलाई सहित उत्पादन एकाईलाई धन्यवाद दिए । उनले पालिकाले आवश्यकता अनुसार चाहिने मेसिन तथा उपकरण कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट नै खरिद गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।

कार्यक्रममा देवदह नगरपालिका नगरप्रमुख ध्रब खरेलले विद्यार्थीहरुको सीप, क्षमताबाट निर्माण भएको उपकरणले एउटा गतिलो काम गर्ने भन्दै आगामी दिनमा अझ बढि आविश्कारमा ध्यान दिन आग्रह समेत गरेका थिए । उनले शिक्षालयबाट निर्माण भएका अन्य उपकरणहरु समेत पालिकाले खरिद गर्ने प्रतिवद्धता जनाएका थिए ।

कार्यक्रममा बोल्दै कोरिया नेपाल बहु प्राविधिक शिक्षालयका शिक्षालय प्रमुख ईन्जिनियर नविन किशोर गैरेले प्रयोगात्मक अभ्यासलाई उपकरण निर्माणमा जोड दिदै आएको जानकारी दिदै सोही अनुसार सिटीईभीटीबाट पनि सहयोग प्रदान भैरहेको बताएका थिए । उनले यो भन्दा पहिला टपरी बनाउने मेसिन समेत निर्माण गरी पालिकालाई प्रदान गरिएको जानकारी दिदै आगामी दिनमा अझ बढि भन्दा बढि उत्पादन गरी विद्यार्थीहरुको सिपलाई व्यवसायिकरण गर्नमा पालिकाबाट सहयोग सहयोगको अपेक्षा समेत राखेका थिए ।

कार्यक्रममा शिक्षालयका उत्पादन एकाईका प्रमुख टामलाल खनालले विद्यार्थीहरुको मेहिनत, प्रशिक्षक तथा सहायक प्रशिक्षकहरुको समेत अथक प्रयासबाट शिक्षालयमा विभिन्न उपकरण निर्माण भैरहेको जानकारी दिएका थिए ।

उनले उत्पादन एकाईले विद्यार्थीहरुको लागि आवश्यक पर्ने उपकरण निर्माणको सामग्री खरिद तथा बिक्रिको लागि सहजीकरण गर्दै आएको बताएका थिए । कार्यक्रममा सिटीईभीटीका उप–निर्देशक देवशचन्द्र देवकोटा, देवदह नरपालिका प्रमुख प्रशासकीय अधिकृत कृष्ण प्रसाद सापकोटा, सन्धिखर्क प्रमुख प्रसासकीय अधिकृत खुमलाल भुषाल लगायतको सहभागीता रहेको थियो । उक्त मेसिन करिब ११ लाख रुपैयाँमा सन्धीखर्क नगरपालिकाले खरिद गरेको हो ।

प्रकाशित मिति : २८ माघ २०८०, आइतबार  ६ : ३७ बजे

काठमाडौंको वायु प्रदूषण अस्वस्थ तहमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण आज अस्वस्थ तहमा पुगेको

खोकनामा अझै पेलिन्छ तेलः तीन सय वर्षे काठको कोलले धानेको परम्परा

ललितपुर । ललितपुरको ऐतिहासिक बस्ती खोकना शुद्ध तोरीको तेलका लागि

आजदेखि देशभरिका किशोरीलाई क्यान्सरविरुद्धको खोप अभियान सुरु

काठमाडौं । सरकारले आजदेखि कक्षा ६ मा पढ्ने किशोरीलाई पाठेघरको

सुनको भाउ प्रतितोला साढे ९ हजारले वृद्धि

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एकाएक ह्वात्तै बढेको

हेटौँडा औद्योगिक क्षेत्रमा थप दुई उद्योग सञ्चालनमा

बागमती । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा पछिल्लो समय उद्योगहरू थपिने