४ भदौ २०८३, बिहिबार | August 20, 2026

बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविलाई



बुटवल । बुटवल उपमहानगरपालिकाले आयोजना गरेको विद्यालयस्तरीय प्रथम बुटवल मेयर कपको उपाधि अक्सफोर्ड माविले जितेको छ । सोमबार भएको फाइनल खेलमा नवीन औद्योगिक माविलाई १-० गोलको अन्तरले हराउँदै अक्सफोर्डले उपाधि जितेको हो ।

देवीनगरस्थित एन्फा टेक्निकल सेन्टरको मैदानमा भएको खेलमा विजयी अक्सफोर्डले उपाधिसँगै १ लाख रुपैयाँ र शिल्ड पाएको छ ।

यस्तै उपबिजेता नवीन औद्योगिक माविले ६० हजार पाउँदा सेमीफाइनलमा पुग्ने उजिरसिंह मावि र एभरेष्ट माविले १८-१८ हजारका दरले पुरस्कार पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीको पुरस्कार अक्सफोर्ड माविका टीम क्याप्टेन सुजलमान घले, उत्कृष्ट गोलकिपर अक्सफोर्डकै डेभिड थापा, उत्कृष्ट मिडफिल्डर अक्सफोर्डकै रमित नाम्जाली मगर र सर्वाधिक गोलकर्ताको पुरस्कार अक्सफोर्डकै अस्मित शर्माले पाएका छन् ।

यस्तै उत्कृष्ट डिफेन्डरको पुरस्कार नवीन औद्योगिक माविका सन्दीप दर्जी र उत्कृष्ट फरवार्डको पुरस्कार नवीनकै विजन सुर्यवंशीले पाएका छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडीले १५ हजार, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर र अधिकतम गोलकर्ताले ८-८ हजारका दरले पुरस्कार पाएका छन् ।

बिजेता तथा उत्कृष्ट खेलाडीहरुलाई बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे, उपप्रमुख सावित्रादेवी अर्याल, नगर खेलकुद विकास समितिका संयोजक बोनिन पिया, म्याच कमिस्नर हरिप्रसाद श्रेष्ठलगायतले पुरस्कार प्रदान गरेका थिए ।

पुरस्कार प्रदानपछि बोल्दै नगर प्रमुख पाण्डेयले बुटवलमा खेलाडी उत्पादनका लागि पहिलोपटक आयोजना गरिएको विद्यालयस्तरीय फुटबल प्रतियोगिताले उत्साह बढाएको र आगामी दिनमा थप खेल प्रतियोगिता आयोजना गर्ने बताए । उनले विद्यालयहरुलाई हरेक क्षेत्रमा अब्बल बनाउनका लागि खेलकुद र अन्य विभिन्न प्रतियोगिताहरु तथा क्षमता विकासका कार्यक्रम समेटेको बताए ।

प्रतियोगितामा सामुदायिकतर्फ १५ र संस्थागततर्फ १३ गरी २८ वटा विद्यालय सहभागी रहेका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए ।

प्रतियोगितामा २०६० साल माघ १९ गतेभन्दा अघि जन्मिएका वा २० वर्ष ननाघेका विद्यार्थीमात्रै सहभागी थिए ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  ७ : २१ बजे

अमेरिकी ऋण ४०० खर्ब डलर नाघ्यो

वासिङ्टन डिसी । अमेरिकी कुल राष्ट्रिय ऋण पहिलोपटक ४०० खर्ब

इभी आयातको नयाँ बाटो बन्दै कोरला, साउनमा भित्रिए सय गाडी

मुस्ताङ । चालु आर्थिक वर्षको पहिलो महिनामा कोरला नाकाबाट एक

अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ? : अमरेशकुमार सिंह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार

भारतीय सागसब्जीमा कडाइ, बाँकेका किसानका उत्पादनले पायो बजार

बाँके । बजार मूल्य राम्रो पाउन थालेपछि बाँकेका किसान व्यावसायिक

संसदीय दलको विधान संशोधनका लागि रास्वपाले बनायो १५ सदस्यीय कार्यदल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको विधान संशोधनका