७ चैत्र २०८२, शनिबार | March 21, 2026

बाँकेको नमुना बिद्यालय ज्ञानोदयले मनायो ४६ औ वार्षिक उत्सव



खजुरा । बाँकेको शिक्षा क्षेत्रमा नमुना बनेको ज्ञानोदय नमुना माध्यामिक बिद्यालयले आफ्नो स्थापनाको ४६ औं वार्षिकोत्सव मनाएको छ । बिद्यालय परिषरमा आज आयोजित वार्षिकोत्सव समारोहलाई बाँके ३ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोसिंह राठौरले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद राठौरले संसद विकास कोषको सबै रकम आफुले शिक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको भएपनि सर्वोच्चको आदेशले कार्यान्वयन हुन नसकेको बताए । उनले आफु खजुरा क्षेत्रको विकासका लागि सक्रिय भएर लागि परेको बताउँदै खजुराको फोर लेन सडक, पेंडारी नालाको पुल आफ्नो प्राथमिकतामा रहेको बताए । उनले गौघाट सडकमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गरिने बताउँदै परिणाम देखिने गरि आफुले योजना बनाएको बताए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले पालिकामा रहेका बिद्यालयहरुको शिक्षक मिलानमा गाउँपालिका गम्भीर भएर लागेको बताए । उनले बिद्यार्थी संख्याका आधारमा शिक्षक मिलान गरिने बताउँदै कम बिद्यार्थी भएका बिद्यालयबाट बढी बिद्यार्थी भएका बिद्यालयमा शिक्षक दरबन्दी मिलान गरिने बताए । उनले ठुला भौतिक निर्माणका कामहरु संघ र प्रदेशबाट गरिदिन माग गर्दै साना र पालिकाको बजेटले भ्याउने काममा पालिकाले परिणाम मुखी काम गरिरहेको बताए ।

प्रदेशसभा सदस्य रत्न खत्रीले ज्ञानोदय आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेपनि आफ्ना लागि योजना माग भइआए आफुने ज्ञानोदयका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

वार्षिक उत्सवकै अवसरमा बिद्यालय परिषरमा नव निर्मित २ वटा ब्लकहरुको सांसद राठौर र पालिका प्रमुख बिकले उदघाटन गरेका थिए । समारोहकाबीच बिद्यालयमा उत्कृष्ट योगदान पु¥याउने शिक्षक, अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बादशाह कुर्मी, पालिका उपाध्यक्ष मन्जु मल्ल, बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए भने बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

पुनर्वास कम्पनीले खजुरा क्षेत्रमा सुकुम्बासीहरुलाई जग्गा बितरण गरेसँगै २०३४ सालमा माटोको गारो र खरको छानाबाट प्रारम्भ भएको बिद्यालयमा हाल स्नातक सम्मको अध्यापन भइरहेको छ भने बिद्यालयमा २ हजार ३ सय बढी बिद्यार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : १४ बजे

सिङ्गापुरमा उपचारपछि देउवा हङकङ प्रस्थान

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री सिङ्गापुरमा स्वास्थ्य उपचारको

इरानी हमलाबाट अमेरिकालाई पहिलो दुई हप्तामै ७५ अर्ब रुपैयाँभन्दा बढी नोक्सानी

पश्चिमएशियास्थित अमेरिकी सैन्य अड्डामाथि इरानले गरेको आक्रमणका कारण युद्ध सुरु

प्रदेश र स्थानीय तहलाई एक खर्ब ५१ अर्ब वित्तीय समानीकरण अनुदान छुट्याउन सिफारिस

काठमाडौं । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक

कपिलवस्तुको महाराजगञ्ज क्षेत्रमा प्रशासनद्वारा अनिश्चितकालीन निषेधाज्ञा

बुटवल । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–स्थित बर्गदवा क्षेत्रमा हिन्दु र मुस्लिम

वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका