७ जेष्ठ २०८१, सोमबार | May 21, 2024

बाँकेको नमुना बिद्यालय ज्ञानोदयले मनायो ४६ औ वार्षिक उत्सव



खजुरा । बाँकेको शिक्षा क्षेत्रमा नमुना बनेको ज्ञानोदय नमुना माध्यामिक बिद्यालयले आफ्नो स्थापनाको ४६ औं वार्षिकोत्सव मनाएको छ । बिद्यालय परिषरमा आज आयोजित वार्षिकोत्सव समारोहलाई बाँके ३ का प्रतिनिधिसभा सदस्य एवं कांग्रेस सहमहामन्त्री किशोसिंह राठौरले उदघाटन गरे ।

उदघाटन कार्यक्रममा बोल्दै सांसद राठौरले संसद विकास कोषको सबै रकम आफुले शिक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको भएपनि सर्वोच्चको आदेशले कार्यान्वयन हुन नसकेको बताए । उनले आफु खजुरा क्षेत्रको विकासका लागि सक्रिय भएर लागि परेको बताउँदै खजुराको फोर लेन सडक, पेंडारी नालाको पुल आफ्नो प्राथमिकतामा रहेको बताए । उनले गौघाट सडकमा लापरवाही गर्ने ठेकेदारलाई कारवाही गरिने बताउँदै परिणाम देखिने गरि आफुले योजना बनाएको बताए ।

कार्यक्रममा बोल्दै खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफानले पालिकामा रहेका बिद्यालयहरुको शिक्षक मिलानमा गाउँपालिका गम्भीर भएर लागेको बताए । उनले बिद्यार्थी संख्याका आधारमा शिक्षक मिलान गरिने बताउँदै कम बिद्यार्थी भएका बिद्यालयबाट बढी बिद्यार्थी भएका बिद्यालयमा शिक्षक दरबन्दी मिलान गरिने बताए । उनले ठुला भौतिक निर्माणका कामहरु संघ र प्रदेशबाट गरिदिन माग गर्दै साना र पालिकाको बजेटले भ्याउने काममा पालिकाले परिणाम मुखी काम गरिरहेको बताए ।

प्रदेशसभा सदस्य रत्न खत्रीले ज्ञानोदय आफ्नो निर्वाचन क्षेत्रभित्र नपरेपनि आफ्ना लागि योजना माग भइआए आफुने ज्ञानोदयका लागि बजेट बिनियोजन गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

वार्षिक उत्सवकै अवसरमा बिद्यालय परिषरमा नव निर्मित २ वटा ब्लकहरुको सांसद राठौर र पालिका प्रमुख बिकले उदघाटन गरेका थिए । समारोहकाबीच बिद्यालयमा उत्कृष्ट योगदान पु¥याउने शिक्षक, अभिभावकहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा बिद्यालयले प्रकाशन गरेको स्मारिकाको बिमोचन गरिएको थियो । कार्यक्रममा प्रदेशसभा सदस्य बादशाह कुर्मी, पालिका उपाध्यक्ष मन्जु मल्ल, बिद्यालयका प्रधानाध्यापक ऋषिराम सापकोटा लगायतले बोलेका थिए भने बिद्यार्थीहरुले बिबिध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

पुनर्वास कम्पनीले खजुरा क्षेत्रमा सुकुम्बासीहरुलाई जग्गा बितरण गरेसँगै २०३४ सालमा माटोको गारो र खरको छानाबाट प्रारम्भ भएको बिद्यालयमा हाल स्नातक सम्मको अध्यापन भइरहेको छ भने बिद्यालयमा २ हजार ३ सय बढी बिद्यार्थीहरुले शिक्षा आर्जन गरिरहेका छन् ।

प्रकाशित मिति : २९ माघ २०८०, सोमबार  १० : १४ बजे

राष्ट्रपति पौडेलद्वारा इरानका राष्ट्रपति रायसीको निधनप्रति दु:ख व्यक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर

फेरि बोले बालेन – महानगरका कर्मचारीको अनाहकमा अपमान सहदैनौं, बुझेर कदम चाल्नुहोला

काठमाडौं । पक्राउ गरिएका काठमाडौं महानगरको फोहोरको गाडी चलाउने चार

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठक

बालेनको आक्रोश- फोहोर बोक्ने चालक रिहा नभएसम्म सिंहदरबार र नेताको घरको फोहोर उठ्दैन

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले सिहदरबारलगायत

इरानमा पाँच दिनको राष्ट्रिय शोक

काठमाडौं । इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि