१६ माघ २०८२, शुक्रबार | January 30, 2026

हिन्दु र मुस्लिमको एउटै तिर्थस्थल मुसबेटवा मजार : आजबाट ३ दिने मेला सुरु



खजुरा । बिश्व समुदायका बिरलै भेटिने हिन्दु र मुस्लिमको एउटै तिर्थस्थल बन्दै आएको बाँकेको खजुरा स्थित मुसबेटवा मजारमा आजबाट मेला लागेको छ । सयौं बर्ष पुरानो मानिएको मुसबेटवाबाबा मजारमा हरेक बर्ष बसन्त पन्चमी का दिनदेखि ३ दिन सम्म लाग्दै आएको परम्परागत मुसबेटवा मेला आज बाट शुरु भएको हो ।

खजुरा क्षेत्रमा मानव बस्ती बस्नु अगाडी दुईजना धार्मिक बाबाले मजारको स्थापना गरेको यतिहास बोकेको मजारलाई हिन्दु र मुस्लिम दुबै समुदायले धार्मिक तिर्थस्थल मान्दै आएका छन् । परम्परादेखि ३ दिन लाग्ने मुसबेटवा बाबा मजारमा बाँके,बर्दिया तथा छिमेकी जिल्लाहरु सहित भारतीय सिमावर्ती गाउँ र शहरबाट समेत मेला भर्न र मजारमा पूजा अर्चना गर्न आउने गर्दछन् ।

मजारमा भाकल गर्दा मनोकामना पुरा हहुने धार्मिक विश्वास रहँदै आएको छ । सबै धर्मावलम्बीले मान्ने र आस्थाका साथ मजार दर्शन र मेला भर्ने गरेका कारण मुसबेटवा मेलालाई सदभावको परीचय दिने मेलाकारुपमा पनि हेर्ने गरिएको छ ।

अन्य धार्मिक स्थलहरुमा फूलपातीको पूजा अर्चना हुने गरेपनि मुसबेटवा मजारमा भने च्यादर ओढाउने प्रचलन रहँदै आएको छ । च्यादर र प्रसाद चढाएर मन्नत मागे चाडैं नै पुरा हुने जनविश्वास समेत रहँदै आएको खजुरा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष टेकबहादुर रोकायाले बताए ।

मुसबेटवा मेलाको आज एक कार्यक्रमका बीच खजुरा गाउँ पालिकाका अध्यक्ष डम्बर बिक तुफान , उपाध्यक्ष मन्जु मल्ल , वडा न (४ का अध्यक्ष रोकाया, युवा नेता सतिश निरौला, प्याब्सन लुम्बिनी प्रदेश उपाध्यक्ष ऋषिकेस जिसिलगायतले सामुहिक रूपमा मजारमा च्यादर ओढाएर उदघाटन गरेका छन् ।

सो अवसरमा प्रतिक्रिया दिँदै पालिका अध्यक्ष बिकले मुसबेटवा मेला खजुराको पहिचान बनेको बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  २ : ३६ बजे

मधेसको विकासका लागि आवश्यक सहयोग गर्ने सभापति थापाद्वारा प्रतिबद्धता व्यक्त

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेसका जनताका समस्या

अर्घाखाँचीमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु

अर्घाखाँची । सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकखण्डअन्तर्गत अर्घाखाँचीको सन्धिखर्क नौटारीमा टिपरको ठक्करबाट एक

चौथो न्यू होराइजन कप छात्र भलिबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा

बुटवल । न्यू होराइजन इङ्लिस सेकेण्डरी स्कूलअन्तर्गतको न्यू होराइजन स्पोर्ट्स

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ

नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके

बाँके-३ का उम्मेदवार सुनारलाई रास्वपाबाट आफ्ना अभिव्यक्तिमा मर्यादा कायम राख्न निर्देशन

काठमाडौँ । बाँके क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी