२७ असार २०८२, शुक्रबार | July 11, 2025

उद्योगी भन्छन् – आवश्यकता अनुसारको जनशक्ति पाउन सकिएन



बुटवल । रुपन्देहीका उद्योगी व्यवसायीहरुले आवश्यकता अनुसारको जनशक्ति पाउन नसकेको गुनासो गरेका छन् । नेपालमा थुप्रै तालिम प्रदायक संस्थाहरुले प्राविधिक क्षेत्रका तालिम सञ्चालन गरेपनि ती तालिमबाट उत्पादित जनशक्तिले उद्योगी व्यवसायीको आवश्यकता पुरा गर्न नसकेको उनीहरुको भनाई छ ।

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुधबार संघ सचिवालयमा एसियाली विकास बैंकसंग गरेको अन्तरक्रिया कार्यक्रममा उद्योगी व्यवसायीहरुले तालिम प्रदायक संस्थाहरुले मार्केट सर्वेक्षण नगरिकनै तालिम सञ्चालन गर्ने गरेका कारण एकातिर तालिम प्राप्त जनशक्तिले रोजगारी नपाएको र अर्काेतिर उद्योगी व्यवसायीले पनि सम्वन्धित विषयमा दक्ष जनशक्ति पाउन नसकेको बताए ।

यहाँका उद्योगहरुमा दक्ष जनशक्तिको उच्च माग भएको बताउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरीप्रसाद अर्यालले त्यसको परिपूर्तिका लागि सिटिईभिटी लगायतका तालिम प्रदायक संस्थाहरुले उद्योगी व्यवसायीसंग परामर्श गरेर तालिम सञ्चालन गर्ने हो भने उद्योगी व्यवसायीका आवश्यकता पनि पुरा हुने र उत्पादित जनशक्तिलाई स्वदेशमै रोजगारी प्रदान गर्न सकिने बताए । उनका अनुसार उद्योग, कृषि, पर्यटन लगायतका क्षेत्रमा दक्ष जनशक्तिको उच्च माग छ । तर उत्पादित जनशक्ति सम्बन्धित काममा फिट नहुँदा समस्या जस्ताको त्यस्तै छ ।

प्राविधिक क्षेत्रमा दक्ष जनशक्ति उत्पादनको लागि सरकारको ठूलो लगानी भएको छ । तर तालिम प्राप्त जनशक्तिले रोजगारी नपाउने र उद्योगी व्यवसायीहरुले पनि आवश्यकता अनुसारको जनशक्ति नपाउँदा सरकारले गरेको लगानी वालुवामा पानी राखे सरह भएको बुटवल उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष जीवनप्रसाद वझाले बताए ।

कार्यक्रममा एसियाली विकास बैंकका कन्सल्टेन्ट डा. प्रमोदबहादुर श्रेष्ठले शिक्षालाई सीप र सीपलाई रोजगारीसंग जोड्नुपर्ने बताए । उनले देश विकासको लागि औद्योगिक विकास अपरिहार्य रहेको बताउँदै औद्योगिक विकासको वातावरण सरकारले तयार गर्नुपर्ने बताए । उनले नेपालमा प्राविधिक तालिमको नाममा लुट भईरहेको आरोप लगाउँदै सिटिईभिटीलाई खारेज गर्नुपर्ने धारणा राखे । सरकारले साँच्चै औद्योगिक विकास चाहेको हो भने नीजि क्षेत्रलाई कस्तो कस्तो जनशक्ति चाहिएको हो, परामर्श लिएर आवश्यकताको आधारमा तालिम सञ्चालन गर्नुपर्ने उनले बताए ।

त्यस्तै बुटवल टेक्निकल ईन्ष्टिच्युटका कार्यकारी प्रमुख अभिमन्यु भिमार्जुन पन्थीले बिटिआईले विगत ६० वर्षदेखि अन द जब तालिम कार्यक्रम सञ्चालन गरिरहेको तालिम पश्चात उनीहरु स्वरोजगार र रोजगारीमा जोडिएको दावी गरे । उनले बिटिआईले सीप, रोजगार र उद्योगलाई आपसमा जोड्ने काम गरेको बताउँदै कतिपय कुरामा नीतिगत रुपमै समाधान खोज्नुपर्ने बताए । उनले यो कार्यक्रमले केही न केही आवश्यकताको उजागर गरेको बताउँदै फिल्टर वर्कशपको खाँचो औंल्याए ।

कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष टंकप्रसाद गैरे, संघका कार्यसमिति सदस्य तथा बुटवल उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश समितिका कार्यसमिति सदस्य आनन्द वझा, संघका महासचिव मुक्तिप्रसाद अधिकारी लगायत संघका बस्तुगत समितिकका सभापति तथा उद्योगी व्यवसायीहरुले उद्योगी व्यवसायीको मागमा आधारित जनशक्ति उत्पादनको लागि कार्यक्रम बनाउन सुझाव राखेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ९ : १८ बजे

मैथिल समाज रुपन्देहीद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

बुटवल । मैथिल समाज रुपन्देहीले बुटवल उपमहानगरपालिका-११ स्थित नहरपुर माध्यमिक

ठमेलमा ‘पर्यटन सूचना केन्द्र’ स्थापना

काठमाडौं । सङ्घीय राजधानीको प्रमुख पर्यटकीय गन्तव्य ठमेलमा ‘पर्यटन सूचना

अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा जमेका चलचित्र घरेलु बजारमा कमजोर !

काठमाडौँ । पछिल्लो समय नेपाली चलचित्रले अन्तरराष्ट्रिय चलचित्र महोत्सवमा आफ्नो

काठमाडौं महानगरको बजेट आइतबार आउने

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट

माओवादी आन्दोलन बारे डा. बाबुरामका ६ प्रश्न ६ जवाफ

काठमाडौं । माओवादी आन्दोलनसंग जोडिएका तर अहिले विभिन्न धारमा छरिएका