२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर



बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला-२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण शिविर राखिएको हो ।

त्यस्तैगरी किसानले लगाएको बालीनालीमा रोगव्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको प्रवन्ध मिलाउन सहज होस भनेर बाली परीक्षण शिबिर राख्ने तयारी गरिएको संघका अध्यक्ष तथा मेला कार्यसम्पादन समितिका संयोजक हरीप्रसाद अर्यालले बताए । उनले यो कार्यक्रममा सहभागि भएर लाभ लिन पनि किसानलाई आग्रह गरेका छन ।

फागुन १० गतेदेखि पाँच दिनसम्म बुटवल मण्डपमा सञ्चालन गरिने राष्ट्रिय प्राङ्गारिक कृषि मेलामा ११ र १२ गते दुई दिन बाली परीक्षण शिबिर राखिने छ । त्यस्तै ११, १२ र १३ गते तीन दिन माटो परीक्षण शिबिर सञ्चालन गरिने संघका महासचिव मुक्तिप्रसाद अधिकारीले जानकारी गराए ।

कृषि विकास निर्देशनालयकी अधिकृत आशा भण्डारीका अनुसार बाली संरक्षण प्रयोगशाला खजुरा बाँके र राष्ट्रिय गहुँबाली अनुसन्धान कार्यक्रम भैरहवाको व्यवस्थापनमा बाली परीक्षण शिविर सञ्चालन गरिने छ । त्यस्तै माटो तथा मल प्रयोगशाला खजुरा बाँकेको घुम्ती माटो परीक्षण प्रयोगशाला ९मोवाईल भ्यान० को टोलीले किसानले ल्याएको माटो परीक्षण गर्नेछ ।

माटोको नमुना कसरी संकलन गर्ने ?

माटो परीक्षणको लागि नमुना संकलन गर्दा अन्न र तरकारी तथा फलफूलको लागि छुट्टा छुट्टै विधिको प्रयोग गर्नुपर्दछ । अन्न र तरकारी बालीको लागि माटोको नमुना संकलन गर्दा एकै प्रकारको माटो भएको जमिनबाट एउटा नमुना तयार गर्नुपर्दछ । एउटा माटोको नमुना तयार गर्न एक रोपनीबाट कम्तिमा ५ ठाउँबाट नमुना लिनुपर्दछ । प्रत्येक ठाउँमा १५ देखि २० सिन्टीमिटर भि आकारको गहिरो खाल्डोमा माथिदेखि तलसम्म एकै लेवलको माटो निकाल्नु पर्दछ । त्यसपछि सबै नमुनालाई एकैठाउँमा मिसाएर रामो संग मोल्नुपर्दछ । उक्त माटोमा रहेको ढुंगा तथा झारपात हटाउने र गोलाकारमा राख्नु पर्दछ । त्यसलाई चार भागमा लगाउने र आमनेसामनेका २ भार हटाउनु पर्दछ । संकलन गरिएको नमुना माटो आधा किलो नहुँदासम्म यहि प्रकिया अपनाउनु पर्दछ । त्यसरी रहेको शेस भागलाई परीक्षणको लागि ल्याउन पनि उनले आग्रह गरे ।

त्यसैप्रकारले फलफूलको माटोको नमुना संकलन गर्दा फरक किसिमका माटो भएको जमिनबाट छुट्टाछुट्टै नमुना तयार पार्नु पर्दछ । छनौट गरिएको जमिनबाट कम्तिमा एउटा ३ फिट गहिराईको खाडल खन्नुपर्दछ । उक्त खाडलमा १, २ र ३ फिटको गहिराईमा चिनो लगाउनु पर्दछ । त्यसरी चिनो लगाएको अनुसार १ फिटसम्म, १ देखि २ फिट र २ देखि ३ फिट सम्मको संकलन गरिएको नमुना छुट्टाछुट्टै भाडोमा राख्नु पर्दछ । यसरी छुट्टाछुट्टै संकलन गरिएको माटोलाई छुट्टाछुट्टै ४ भाग लगाई आमनेसामनेको २ भाग हटाई बाँकी २ भाग राख्नुपर्दछ । यसलाई पनि आधा किलो नहुँदा सम्म यो प्रक्रिया दोहोर्याउनु पर्दछ । यसरी तयार गरिएको नमुनालाई किसानको नाम ठेगाना, जमिनको विवरण तथा गहिराई खुलाई परिक्षणको लागि ल्याउनु पर्ने उनले बताए ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ३ : ४३ बजे

रोकियो उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक

श्रममन्त्री साहलाई किन हटाउने तयारी जुटे प्रधानमन्त्री शाह ?

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रममन्त्री दीपककुमार साहलाई पदबाट