२३ बैशाख २०८१, आइतबार | May 6, 2024

सडक अलपत्र नछाड्न माग गर्दै संघीय मन्त्री ज्वालालाई स्थानीयले बुझाए ज्ञापनपत्र



खजुरा । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले हुलाकी सडक अन्तर्गत बाँकेको खजुरा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक निर्माणमा आफुले सबै उपाय अपनाउने प्रतिबद्धता ब्यक्त गरेका छन् । हुलाकी सडकको नेपालगन्ज गुलरिया सडक खण्ड अनुगमन गर्न खजुरा पुगेका मन्त्री ज्वालाले स्थानीय नगरिकले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै अलपत्र अवस्थामा पुगेको १ हजार ८ सय मिटर सडकलाई अलपत्र पर्न नदिने प्रतिबद्धता ब्यक्त गरे ।

उनले सडकको विषयमा अदालतमा विचाराधिन रहेको चर्चा गर्दै अदालतलाई छिटो निकास दिन आग्रह गरेर वा बैकल्पिक ब्यवस्था गरेर भएपनि सडकको बाँकी कामलाई पूर्णता दिइने बताए । मन्त्रालय र सडक बिभाग अन्तर्गतका कार्यालयले काम नगर्ने ठेकेदारका विरुद्ध गर्नुपर्ने सबै कारवाहीको काम गरिसकेको दाबी गर्दै गणस्तरिय र समयसीमामा काम गराउने गरि काम अगाडि बढाउन आफुले लागिपर्ने बताए ।

सडक अनुगमनमा खजुरा पुगेका मन्त्री ज्वालालाई स्थानीयबासीले ध्यानाकर्षण सहित ज्ञापनपत्र बुझाउँदै सडक बिभागबाट निर्माणका क्रममा अलपत्र परेको १ हजार ८ सय मिटर सडकलाई हुलाकी सडकमा हस्तान्तरण गर्दै सोही मापदण्ड र सोही सडकको समयसीमा भित्र सम्पन्न हुनेगरि ब्यवस्था मिलाउन माग गरे ।

स्थानीयले बुझाएको मागपत्रमा उक्त ठेक्का चारलेन सडक निर्माण गर्न २१ करोड ४९ लाखमा गजुरमुखी निर्माण प्रा.लि, इलामले लिएकोमा समयसीमाभित्र काम सम्पन्न नगरेका कारण २ पटक म्याद थप भएको र थपिएको म्यादभित्र पनि कार्य सम्पन्न नगरेको तथा सडक निर्माण अत्यन्त गुणस्तरहिन बनाएको उल्लेख गरेका छन् ।

मागपत्रमा उक्त सडक लुम्बिनी प्रदेशको पश्चिम सिमा जिल्ला बर्दियाको सदरमुकाम जोड्ने मुख्य सडक मात्र नभएर संघीय सरकारले संचालन गरेको सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, खजुरामा निर्माणाधिन लक्ष्मीनारायण दिब्यधाम, सुदुरपश्चिमको कैलाली हुँदै महाकाली सिमाना जोड्ने बैकल्पिक राजमार्ग समेत भएको स्मरण गराउँदै सडकको कन्तबिजोगले क्यान्सरको उपचारका लागि खजुरा आउने बिरामीले हरेक दिन सास्ती खेपिरहेको जनाएका छन् । स्थानीयले सोही सडक खण्डको पेडारी नालामा ५० वर्ष बढी पुरानो जिर्ण पुलका कारण हरेक दिन दुर्घटना हुने गरेको र जिर्ण पुल कुनैपनि बेला खस्न सक्ने अवस्थामा रहेको भन्दै उक्त पुल यथासिघ्र बनाउने प्रक्रिया थाल्न पनि आग्रह गरेका छन् ।

सडक गुणस्तरहिन भएको र पटक पटक म्याद थप गर्दा पनि कार्य सम्पन्न नगरेपछि खजुरा खण्डका हामी स्थानीयबासीले धेरैपटक सडक अवरोध, सडक डिभिजन घेराउ, ज्ञापनपत्र जस्ता आन्दोलन गर्दा समेत ठेकेदार कम्पनीबाट बेवास्ता गरि खजुरा बजार खण्डको १ हजार ८ सय मिटर सडक खण्ड खण्डहर बनाइएको ध्यानाकर्षणपत्रमा लेखिएको छ । सडक किनारको ड्रेन (नाला) बजारको बीचभागमा ल्याएर अलपत्र पार्दा बजार क्षेत्र नै दुर्गन्धित बन्न पुगेको स्थानीयको भनाई छ ।

स्थानीयको माग र स्थानीय सरकारको समेत सक्रियतामा सडक डिभिजन, नेपालगन्जबाट मिति २०८० साउन २८ गते ठेक्का खारेज गरिएकोमा ठेकेदार कम्पनी सडक नबनाई मुद्दा मामीलामा लागेर सडक निर्माणलाई अन्यौल बनाउने प्रयास गरेको उनीहरुको आरोप छ ।

ठेकेदार कम्पनीलाई सार्वजनिक खरिद अनुगमन कार्यालयले मिति २०८० माघ २५ गतेको निर्णयबाट २ वर्षका लागि कालोसूचीमा समेत राखिसकेको छ ।

हाल १ हजार ८ सय सडक बाहेकको खजुरा बजार क्षेत्रको दायाँ र बायाँ संघीय सरकारको हुलाकी सडक योजनाबाट धमाधम उच्च गुणस्तरको ४ लेन सडक तिब्रगतिमा बनिरहँदा बजार क्षेत्रको १ हजार ८ सय मिटर सडक जिर्ण र गुणस्तरहिन अवस्थामा अलपत्र परेको छ ।

२ सय बढी स्थानीय नागरिकहरुले हस्ताक्षर गरि मन्त्री ज्वालालाई बुझाएको मागपत्रमा खजुरा क्षेत्रको अलपत्र १ हजार ८ सय मिटर सडक पनि हुलाकी सडकको मापदण्ड अनुसार तथा हुलाकी सडककै निर्माणको समयसीमा भित्र हुलाकी सडक निर्माण गर्दै गरिरहेको ठेकेदारबाट वा बैकल्पिक ब्यवस्था गरि निर्माणको ब्यवस्था मिलाईदिन माग गरिएको छ ।

मन्त्री ज्वालालाई खजुराबासीको तर्फबाट नागरिक अगुवा शिवराज श्रेष्ठले मागपत्र बुझाएका थिए भने पत्रकार शरण कर्माचार्यले कार्यक्रमको सहजीकरण गरेका थिए । कार्यक्रममा बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, हुलाकी सडकका योजना प्रमुख लिलाबहादुर भण्डारी, पुल डिभिजन प्रमुख अर्जुन बम, सडक डिभिजन नेपालगन्जका प्रमुख निरज शाक्यलगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ४ : १४ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa