२३ माघ २०८२, शुक्रबार | February 6, 2026

बलात्कार र हत्याको घटनामा प्रहरील ३२ दिनसम्म जाहेरी नलिएको भन्दै पीडित राजधानीमा



काठमाडौं । गत पुषमा बलत्कारपछि हत्या गरिएकी बाजुराकी १७ वर्षिय रेजिना नेपालीका बुबा बुदे सनाईले वडादेखि प्रहरी प्रशासन दोषी उम्काउन लागेपछि आफू न्यायको निम्ति काठमाडौं आउन बाध्य भएको बताएका छन् । शुक्रबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलन गरि बुबा सुनाईले पीडित पक्षले तयारी गरेको जाहेरी उल्ट्याई आत्महत्या दुरुत्सहानको जाहेरी बनाई ३२ दिनपछि मात्रै दर्ता गरेको जानकारी दिएका छन् ।

सनाईले हत्या जस्तो घटनालाई प्रहरी प्रशासनले वास्ता नगर्नेमात्रै नभई दोषीलाई उम्काउन समेत षड्यन्त्र गरेको बताए । उनले आफुलार्ई गाउँघरमा न्यायका लागि साथदिने कोही नभएर काठमाडौं आएको बताए । “मलाई छोरीको न्यायबाहेक अरु केहीचाहिन्न, दोषीलाई हदैसम्मको कारबाहीको मागगर्दछु ।”उनले भने ।

मृतक रेजिना नेपालीको ठूलो बुबा सुरेन्द्र नेपालीले आत्महत्या दुरुत्सहान नभई जबरजस्ति करणी र हत्या नै भएको दाबि गरेका छन् । ठूलो बा नेपालीले स्थानीय जनप्रतिनिधिको चालकबाट बलत्कारपछि हत्या गरेको आरोप लगाए । घटना भएको पुष १गते राती ८ बजे मृतक रेजिनाको घरनजिकै प्रतिबादी चालकलाई भेटेको बताए ।

एकीकृत दलित मुक्ति मोर्चा,नेपालका संयोजक दर्शन कुमार नेपालीले पीडितको न्यायका लागि आफूहरु कुनै पनि हदसम्म जाने बताउँदै भने,“मृतक रेजिना नेपालीको हत्यापछि र हत्या अघिका घटनाहरु केलाउँदा घटना आत्महत्या दुरुत्सहान नभई जबरजस्ति करणी र हत्या नै भएको भएको देखिन्छ ।”

संयोजक नेपालीले बलत्कार पछि हत्या नै भएको आधार दिदै भने, “मंसिर २९ गते भागि बिहे गरेकी बिपना नेपालीलाई पुर्याउन गएकी मृतक रेजिनाका ३ जना साथिहरुलाई फर्किर्ने क्रममा नाइन भन्ने ठाउँमा गडीमा लक गर्ने र प्रतिबादीले रेजिनालाई गाडीबाट टाढा लगेर २५–३० मिनेटपछि फर्किनु, मृत्यु हुनुअघि रेजिनाको सल प्रतिबादी चालकसँगै हुनु, प्रतिबादी घटना भएको समयमा नजिकै भेटिनु, घटनापछि फरार हुनु, प्रहरी प्रशासनले ३२ दिनसम्म जाहेरी नलिनु, पीडितले दिएको बलत्कार तथा हत्याको जाहेरीलाई उल्ट्याउँदै आत्महत्या दुरुत्सहानको जाहेरी दिन दबाब दिनु, राम्रोसँग छानबिन नहुँदै मृतकको सवलाई अन्त्यष्टि गर्न मनोवैज्ञानिकरुपमा दबाब दिनु र पीडितको पक्षमा बोल्नेहरुलाई प्रहरी चौकीबाट बाहिर निकाल्नु लगायतका अन्य अदृष्य षड्यन्त्र हुनु प्रतिबादी बचाउने मुख्यआधार हुन ।”

के हो घटनाः
गतमंसिर २९ गते गाउँकै रेजिनाकी दिदिनाता पर्ने बिपना नेपालीले आफू भागेर बिहे गरेर जान लागेको र आफुलाई आधीबाटो छोड्न जानुपर्ने भनेपछि मृतक रेजिना नेपाली, जसी नेपाली, बिनिता नेपाली र कविता नेपाली ४ जना बिपनालाई घरदेखि पोइली घरसम्म छोड्न गएका थिए ।

सो क्रममा मृतक रेजिनसहित ४ जनाले बिपनाको पोईली घर सुदाडा पुर्याई फर्किने क्रममा गाडी लक गरी राति १ बजे चारै जना किसोरीमाथि यौनजन्य क्रियाकलाप भएको र नाइना भन्ने ठाउँमा चालकले रेजिनालाई गाडीबाट झारी अन्य ३ जनालाई भित्रै लक गरी उनलाई टाढा लगि २५–३० मिनेटपछि गाडिमै फर्काएको पीडितको भनाई छ । त्यसको तेस्रो दिनपुनः घरमै आएर बलात्कार पछि हत्या गरेर झुड्याएको परिवारको आरोप छ ।

 

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  ९ : ५५ बजे

लायन्स क्लब अफ बुटवल लालीगुराँसको आयोजनामा बृहत स्वास्थ्य शिविर सम्पन्न

बुटवल । लायन्स क्लब अफ बुटवल लालीगुँरासले विहिबार बुटवलको नरैनापुुरमा

कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले यही माघ २५ (आइतबार)

काठमाडौं-४ को क्रमशः तातेको चुनावी माहोल

काठमाडौं । “युवाका लागि अवसर सिर्जना हुनुपर्छ । शिक्षा र

निर्वाचन आयो, अब जनताले छाप लाउन मात्रै बाँकी छ : प्रधानमन्त्री कार्की

भक्तपुर । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते देशभर

राजनीति सेवा गर्ने अर्को माध्यम हो : चुन्नप्रसाद पौडेल

बुटवल । नेपाली कांग्रेस रुपन्देही क्षेत्र नम्बर-२ का उम्मेदवार चुन्नप्रसाद