६ फाल्गुन २०८२, बुधबार | February 18, 2026

जिबी राई संस्थापक रहेका सुप्रिम सहकारीका अध्यक्ष र प्रबन्धक बुटवलबाट पक्राउ



बुटवल । जिबी राई संस्थापक अध्यक्ष एवं संरक्षक रहेका बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र एक प्रबन्धकलाई प्रहरीले पक्राउ गरेको छ । सहकारीका बचतकर्ताको झण्डै सवा एक अर्ब रकम हिनामिना गरेको आरोपमा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखा व्यवस्थापक दुर्गा चापागाई पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो ।

बचतकर्ताहरुको उजुरीपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सहकारीले राई संस्थापक अध्यक्ष तथा संचालक रहेका विभिन्न पाँचवटा कम्पनीलाई ७८ करोड ५० लाख ७६ हजार ६६५ रुपैयाँ ऋण लगानी गरि निक्षप बचतकर्ताको रकम हिनामिना गरेको भन्दै बचतकर्ताहरुले उजुरी गरेका थिए ।

गुरुङलाई बिहीबार र पाण्डेयलाई शुक्रबार पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डितले बताए । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालयको हिरासतमा राखेर अनुसन्धान भइरहेको डीएसपी पण्डितले बताए ।

गितेन्द्र बहादुर (जिबी) राई सुप्रिम सहकारीका संस्थापक अध्यक्ष हुन् । उनी २०७८ सम्म अध्यक्ष र गुरुङ उपाध्यक्ष थिए ।

१० हजार ३९१ जना बचतकर्ताहरुको एक अर्ब ७ करोड ८२ लाख ६७ हजार ७२९ रुपैयाँ हिनामिना भएको भन्दै लुम्बिनी प्रदेशको रुपन्देही र त्यसआसपासका बचतकर्ताहरुले प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय दाङमा उजुरी दर्ता गराएका थिए ।

सुप्रिम सहकारीबाट राई र रास्वपा अध्यक्ष रबी लामिछानेले संचालन गरेको गोर्खा मिडिया नेटवर्कलाई साढे १० करोड रुपैयाँ ऋण प्रबाह भएको छ ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  १० : २९ बजे

विश्वभर एक घण्टा अवरुद्धपछि युट्युब पुनः सञ्चालनमा

काठमाडौं । विश्वकै लोकप्रिय भिडियो प्लेटफर्म युट्युब करिब एक घण्टा

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक भोलि फागुन

पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको भावना अभिवृद्धि हुन्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पर्वमार्फत एकापसमा सद्भाव र बन्धुत्वको

देशभर १५ स्थानमा आगलागीका घटना

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार,

महाशिवरात्रीमा पशुपतिनाथ आएका नागा बाबासहितका साधुसन्तको बिदाइ

काठमाडौं । गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले महाशिवरात्रिका