४ पुस २०८२, शुक्रबार | December 19, 2025

१२ वर्षीया बालिका बलात्कृत, ६० वर्षीय वृद्ध पक्राउ



गोरखा । गोरखाबाट प्रहरीले बलात्कार आरोपमा ६० वर्षीय वृद्धलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारपाक सुलीकोट गाउँपालिका–४ सौरपानी घुनचोकका ६० वर्षीय वृद्ध बुद्धिमान बिक रहेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार २०८० फागुन २ गते बेलुका ८ बजेको समयमा नाम परिवर्तित १२ वर्षीय नाबालिका भकुमारीलाई घरमा कोही नभएको मौका छोपी डर धम्की र त्रासमा पारी बलात्कार गरेको पीडितका बाबुले बताए। बुवाको जाहेरीपछि  बलात्कार आरोपी विकलाई शनिबार पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेलगत्तै आइतबार जबरजस्ती करणी कसुर शीर्षकमा मुद्दा दर्ता गरी गोरखा जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी ७ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  ७ : ११ बजे

रास्वपा सङ्घीय नेतृत्व मञ्चमा १७ सदस्य मनोनित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीकोे सङ्घीय नेतृत्व मञ्चमा

महाधिवेशनले पार्टी एकतालाई नयाँ उचाईमा पुर्‍याएको छ : ओली

काठमाडौं। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताको भावनाका

नेपाल चिकित्सक सङ्घद्वारा उम्मेदवारको नामावली सार्वजनिक

काठमाडौं । नेपाल चिकित्सक सङ्घ, केन्द्रीय कार्यकारिणी समितिको निर्वाचनका लागि

महाधिवेशनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ । नेकपा (एमाले)को ११ औँ महाधिवेशन सम्पन्न भएपछि पहिलो

मौसम प्रतिकुल हुँदा आन्तरिक उडान प्रभावित, आधा दर्जन विमानस्थल खुल्न सकेनन्

काठमाडौं । प्रतिकूल मौसमका कारण देशका आधा दर्जन विमानस्थल दिउँसोसम्म