२९ भदौ २०८३, सोमबार | September 14, 2026

एट्लस वेयलफेयर अर्गनाईजेशनको अध्यक्षमा कल्पना श्रेष्ठ



बुटवल । एट्लस वेयलफेयर अर्गनाईजेशनका अध्यक्षमा पुन: कल्पना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । अर्गनाइजेशनको सोमबार तिलोत्तमा वनवाटिकामा सम्पन्न भएको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएकी हुन् ।

संस्थाको उपाध्यक्षमा विष्णु प्रसाद पन्त, सचिवमा सपना खनाल, कोषाध्यक्षमा पुष्पा रायमाझी र सहसचिवमा जोगमाया श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक खुमानन्द घिमिरेले जानकारी दिए ।

यसैगरी सदस्यहरुमा जीवन बुढाथोकी, लक्ष्मण कुँवर, राजिव श्रेष्ठ, सुनिता श्रेष्ठ, अन्जु श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै किरण कुमार केसीको संयोजकत्वमा रमेश श्रेष्ठ र सुलोचना श्रेष्ठ सदस्य रहेको लेखा समितिमा चयन गरिएको छ । यसअघि शंकरनगर वनवाटिकामा वनभोज सहित आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वाड नंः ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले संस्थाले गरेको रचनात्मक कामका प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका सल्लाहाकार ज्ञानु केसी, लेखा समिति संयोजक राजिव श्रेष्ठ, सदस्य विष्णु हरि पाण्डे लगायतले बोल्दै शूभकामना दिएका थिए । साधरणसभाको अवसरमा सदस्यहरुका एसईई उतीर्ण छोराछोरी र संस्थागत सदस्यहरु, विभिन्न संस्थामा निर्वाचिन भएका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । विस २०७२ सालमा स्थापना भएको संस्थाले शिक्षा तथा स्वास्थ्यलाई केन्द्रमा सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ०२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ