९ पुस २०८२, बुधबार | December 24, 2025

एट्लस वेयलफेयर अर्गनाईजेशनको अध्यक्षमा कल्पना श्रेष्ठ



बुटवल । एट्लस वेयलफेयर अर्गनाईजेशनका अध्यक्षमा पुन: कल्पना श्रेष्ठ सर्वसम्मत निर्वाचित भएकी छन् । अर्गनाइजेशनको सोमबार तिलोत्तमा वनवाटिकामा सम्पन्न भएको आठौं साधारण सभा तथा तेस्रो अधिवेशनले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । श्रेष्ठ तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएकी हुन् ।

संस्थाको उपाध्यक्षमा विष्णु प्रसाद पन्त, सचिवमा सपना खनाल, कोषाध्यक्षमा पुष्पा रायमाझी र सहसचिवमा जोगमाया श्रेष्ठ निर्वाचित भएको निर्वाचन समितिका संयोजक खुमानन्द घिमिरेले जानकारी दिए ।

यसैगरी सदस्यहरुमा जीवन बुढाथोकी, लक्ष्मण कुँवर, राजिव श्रेष्ठ, सुनिता श्रेष्ठ, अन्जु श्रेष्ठ निर्वाचित भएका छन् । यस्तै किरण कुमार केसीको संयोजकत्वमा रमेश श्रेष्ठ र सुलोचना श्रेष्ठ सदस्य रहेको लेखा समितिमा चयन गरिएको छ । यसअघि शंकरनगर वनवाटिकामा वनभोज सहित आयोजित उद्घाटन सत्रमा प्रमुख अतिथि बुटवल उपमहानगर पालिका वाड नंः ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले संस्थाले गरेको रचनात्मक कामका प्रशंसा गरे ।

कार्यक्रममा संस्थाका सल्लाहाकार ज्ञानु केसी, लेखा समिति संयोजक राजिव श्रेष्ठ, सदस्य विष्णु हरि पाण्डे लगायतले बोल्दै शूभकामना दिएका थिए । साधरणसभाको अवसरमा सदस्यहरुका एसईई उतीर्ण छोराछोरी र संस्थागत सदस्यहरु, विभिन्न संस्थामा निर्वाचिन भएका सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । विस २०७२ सालमा स्थापना भएको संस्थाले शिक्षा तथा स्वास्थ्यलाई केन्द्रमा सामाजिक कार्य गर्दै आएको छ ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ०२ बजे

नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक आज, महाधिवेशन तयारी र सदस्यता विवादमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ

जेनजी आन्दोलनमा क्षतिग्रस्त आश्रममा किसुनजीको १०२ औँ जन्मजयन्ती

पाटन । विगतका वर्षमा जस्तो ललितपुरको बाँडेगाउँस्थित पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई

अब दुई कार्यदिनभित्रै राहदानी उपलब्ध गराइने

काठमाडौं । राहदानी विभागले अब दुई कार्यदिनभित्र राहदानी उपलब्ध गराउने

केन्द्रीय कारागारबाट फरार कैदीबन्दी पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले वन्यजन्तुको आखेटोपहार ओसारपसार

कोरला नाका जोड्ने घमी खोला पुल अन्तिम चरणमा

मुस्ताङ । नेपाल-चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड