२ जेष्ठ २०८१, बुधबार | May 15, 2024

सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सकिएन : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरुले न्याय पाउने गरी टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आजदेखि प्रारम्भ भएको सातौँ पूर्ण बैठकमा नेता ओलीले सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन नसकिएको आरोप लगाए । उनले पीडित पक्षले न्याय पाउनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए ।

विपक्षी दलका नेता समेत रहेका उनले पृथक प्रसङ्गमा देश र जनताका मुद्दामा आवश्यक परेमा पार्टीले संसद् र सडकबाट सङ्घर्ष गर्ने चेतावनी दिए । यद्यपि त्यसबारेमा विस्तृत व्याख्या भने उनले गरेनन् । अध्यक्ष ओलीले देश र जनताका पक्षमा इमानदार भएर काम गर्न सरकारलाई आग्रह गरे ।

आजको बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका छन् ।

बैठकमा प्रस्तुत अवधारणालाई निचोडमा पु¥याउन स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको छ । बुधबारदेखिको बैठकमा समूहगत छलफल हुनेछ ।

बैठकमा झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ र पार्टीको सङ्गठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानको प्रभावको समीक्षा हुने एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ०६ बजे

पाल्पा बलेरो दुर्घटना अपडेट : १ जनाको मृत्यु, १४ जना घाइते (नामावलीसहित)

तानसेन । पाल्पामा बलेरो जिप दुर्घटना हुँदा एकजना ६ वर्षिय

क्रिमशन अस्पताल १३ औ वर्षमा, बिबिध कार्यक्रम गरि वार्षिकोत्सव मनाइँदै

बुटवल । रुपन्देहीमा स्वास्थ्य सेवा दिँदै आएको क्रिमशन अस्पतालले आफ्नो

दुबई र कुवेतमा कार्यालय खोलेर नेपालबाट मानव तस्करी

काठमाडौं । एक गिरोहले दुबई र कुवेतमा सम्पर्क कार्यालय खोली

पेट्रोलमा ७ रुपैयाँ मूल्य घट्यो, डिजेल र मट्टितेलमा ५ रुपैयाँ कटौती

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ

क्यानले गर्‍यो सन्दीप लामिछानेको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको निलम्बन