१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्याउन सकिएन : अध्यक्ष ओली



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) पीडितहरुले न्याय पाउने गरी टुङ्ग्याउनुपर्नेमा जोड दिएका छन् ।

पार्टी केन्द्रीय कमिटीको आजदेखि प्रारम्भ भएको सातौँ पूर्ण बैठकमा नेता ओलीले सत्ता गठबन्धनका शीर्ष नेताको अनिच्छाका कारण सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पु¥याउन नसकिएको आरोप लगाए । उनले पीडित पक्षले न्याय पाउनुपर्छ भन्नेमा आफ्नो पार्टी स्पष्ट रहेको बताए ।

विपक्षी दलका नेता समेत रहेका उनले पृथक प्रसङ्गमा देश र जनताका मुद्दामा आवश्यक परेमा पार्टीले संसद् र सडकबाट सङ्घर्ष गर्ने चेतावनी दिए । यद्यपि त्यसबारेमा विस्तृत व्याख्या भने उनले गरेनन् । अध्यक्ष ओलीले देश र जनताका पक्षमा इमानदार भएर काम गर्न सरकारलाई आग्रह गरे ।

आजको बैठकमा शुद्धीकरण र सुदृढीकरण सम्बन्धमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्त र जनआधारित कार्यकर्ता पार्टीको मर्मलाई बुझ्ने र कार्यान्वयन गर्ने चुनौती सम्बन्धमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, पार्टीको सङ्गठनात्मक कामको समीक्षा महासचिव शङ्कर पोखरेल र जनसरोकार जनदबाब सम्बन्धमा उपमहासचिव प्रदीपकुमार ज्ञवालीले अवधारणासहितका कार्ययोजना प्रस्तुत गरेका छन् ।

बैठकमा प्रस्तुत अवधारणालाई निचोडमा पु¥याउन स्थायी कमिटीका सदस्यहरु रहेको एक, सात प्रदेशका सात र उपत्यका तथा सम्पर्क विशेष, जनसङ्गठन, प्रवासको एक गरी नौवटा समूह विभाजन गरिएको छ । बुधबारदेखिको बैठकमा समूहगत छलफल हुनेछ ।

बैठकमा झुलाघाट–चिवाभञ्ज्याङ ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ र पार्टीको सङ्गठनात्मक सुदृढीकरण र विस्तार अभियान ‘मिसन ग्रासरुट’ अभियानको प्रभावको समीक्षा हुने एमालेको केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ०६ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र