६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

विपक्षी दलहरुद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं । भौतिक योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

ललितपुरको बालकुमारी घटनाको दोषी भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री सुदन किराँती र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको कमजोरी रहेको छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेपनि अहिलेसम्म सरकारले कारवाही नगरेको आरोप उनीहरुले लगाएका छन् ।

बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन ।

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ४९ बजे

बुटवलमा भोलिदेखि लुम्बिनी प्रदेश स्तरीय दोहोरी खेल प्रतियोगिता सुरु

बुटवल । लोक दोहोरी गीत प्रबद्र्धन गर्ने उद्देश्य सहित भोलिदेखि

जसपा छाडेका सांसदलाई विश्वासको मत दिनबाट रोक्न उपेन्द्र पुगे सर्वोच्च

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

कार्यदलको बैठकमा सहमति जुटेन

काठमाडौं । सहकारी प्रकरण छानबिन गर्न बन्न लागेको संसदीय छानबिन

भरतपुरमा सात वर्षमा सात सय किलोमिटर सडक कालोपत्र

चितवन । कुनै बेला भरतपुर महानगरपालिकाका सडकमा गहिरा खाल्डा थिए