१ आश्विन २०८३, बिहिबार | September 18, 2026

विपक्षी दलहरुद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध



काठमाडौं । भौतिक योजनामन्त्री प्रकाश ज्वालाको राजीनामा माग गर्दै विपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेका छन् ।

ललितपुरको बालकुमारी घटनाको दोषी भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, पर्यटन मन्त्री सुदन किराँती र स्वास्थ्यमन्त्री मोहन बस्नेतको राजीनामा माग गर्दै नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाका सांसदहरुले संसद बैठक अवरुद्ध गरेका हुन् ।

बालकुमारी घटनामा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाको कमजोरी रहेको छानबिन समितिको प्रतिवेदनले उल्लेख गरेपनि अहिलेसम्म सरकारले कारवाही नगरेको आरोप उनीहरुले लगाएका छन् ।

बैठकमा बोल्दै एमाले सांसद रघुजी पन्तले स्वास्थ्यमन्त्री मोहन बस्नेत, भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र पर्यटन मन्त्री सुदन किरातीको माग गरेका हुन ।

लुम्बिनी विकास कोषका ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ती गरेर अवैधानिक काम गर्न दिएको र त्यसमा पर्यटनमन्त्री किँरातीको संलग्नता रहेको पन्तले बताएका छन ।

यस्तै बालकुमारी घटनामा छानविन समितिले दोषी देखाएका भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला र अख्तियारमा बयान दिएर आएका स्वास्थ्य मन्त्री बस्नेतलाइ सरकारबाट हटाउन उनले माग गरेका छन् ।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  ११ : ४९ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा