११ श्रावण २०८३, सोमबार | July 27, 2026

संसदमा सत्ता र प्रतिपक्षी दलका सांसदबीच आरोपप्रत्यारोप



काठमाडौं। प्रतिनिधिसभा बैठकमा सत्तापक्ष र प्रतिपक्षी दलबीच आरोपप्रत्यारोप चलिरहेको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्ने क्रममा राजेन्द्रकुमार केसीले प्रतिपक्षी दलका सांसदको असहयोग गरेको आरोप लगाएपछि प्रतिपक्षी दलका सांसदले कडा प्रतिवाद गरेका छन् ।

प्रमुख प्रतिपक्षी दलका प्रमुख सचेतक पदम गिरी, रास्वपाका विराजभक्त श्रेष्ठ, राप्रपाका ज्ञानेन्द्र शाहीले सरकारको कडा आलोचना गर्दैै प्रतिपक्षी दलमाथि हिलो नछ्याप्न चेतावनी दिए ।

सरकार बहुमतको हो भने विधेयक पास गर्न र हैन भने सरकारबाट हट्न गिरीले चुनौती दिँदा श्रेष्ठले बहुमतको सरकार हो भन्नेले प्रतिपक्षीमाथि आरोप नलगाउन बताए । साथै उनले गठबन्धनमा प्वाल परेको हो भनेर प्रश्न पनि गरे ।

शाहीले पनि सरकारले हत्यारालाई कारबाही नहुने भने सदन नचल्ने चेतावनी दिए ।

प्रतिपक्षी दलका सांसदको आरोपलाई खण्डन गर्दै सत्तारुढ माओवादीका सांसद माधव सापकोटाले सदन चल्न नदिने चेतावनी दिने सांसदलाई राजीनामा दिन चुनौती दिए ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  १२ : १२ बजे

डिडिसीले काठमाडौंमा ३० नयाँ बिक्री केन्द्र खोल्ने, अनलाइन बिक्री सुरु गर्ने तयारी

काठमाडौं । दुग्ध विकास संस्थान (डिडिसी)ले आफ्ना दुग्धजन्य उत्पादनको पहुँच

पहिरोमा परी वृद्धको मृत्यु, एकजनाको उद्धार

पोखरा । पहिरोमा परी म्याग्दीको बेनी नगरपालिका–३ भकिम्ली, चिनाखेतका ७०

नागढुंगा सुरुङमार्ग उद्घाटनअघि धर्नामा बसेका स्थानीयलाई प्रहरीले हटायो

काठमाडौं । नागढुंगा सुरुङमार्ग सञ्चालनमा ल्याउने तयारी भइरहेका बेला स्थानीयको

धनगढीमा पेट्रोल छर्केर आत्मदाह प्रयास गरेकी युवतीको उपचारका क्रममा मृत्यु

कैलाली । धनगढीमा शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेकी एक

नागढुङ्गा-सिस्नेखोला सुरुङमार्गको आज उद्घाटन गरिँदै

काठमाडौं । मुलुककै पहिलो व्यवस्थित यातायात सुरुङमार्गका रूपमा रहेको नागढुङ्गा-सिस्नेखोला