२९ भदौ २०८३, सोमबार | September 14, 2026

अक्सफोर्ड माविमा खेल सप्ताह सुरू



बुटवल । ‘स्वास्थ्यको लागि खेलकुद’ भन्ने नारासहित अक्सफोर्ड मा.वि बुटवलमा आजबाट खेल महोत्सव सञ्चालन भएको छ । सिद्देश्वरी खेल मैदानमा भएको खेलको उद्‌घाटन प्राध्यापक सुमन भुसालले गरे ।

उद्‌घाटन गर्दै प्राध्यापक भुसालले अक्सफोर्ड मा.वि विद्यार्थीहरुको चौतर्फी विकासको लागि लागिरहेको र यस्ता खेलकुदले खेलाडीहरूको क्षमता पहिचान गरि राष्ट्रिय खेलाडी उत्पादन गर्न सहयोग पुग्नेमा विश्वास व्यक्त गरे ।

क्रिकेट क्षेत्रका नक्षत्र कुशल भुर्तेल र देव खनाल एवम् फुटवलमा सरोज दर्लामी र प्रितम कार्की पनि आफ्नै उत्पादन भएकोले अक्सफोर्डले खेलाडि समेत उत्पादन गरेको स्मरण गर्दै प्राध्यापक भुसालले नेपाली खेलाडिको समेत प्रशंसा गरे ।

खेल सप्ताहको पहिलो दिन विभिन्न विद्यामा प्रतिस्पर्धा भएको छ ।

छात्र सटपुटतर्फ सरिन धर्ती, रिजन राना, सौगात थापा, छात्रातर्फ किवी राना, आस्था रिजाल, रुस्मा अर्याल प्रथम द्वितीय र तृतीय भएका छन् । १०० मिटर दौड छात्रतर्फ सरोज न्यौपाने, विवस रसाली र युरन राना त्यस्तै ४०० मिटर दौडमा युरन राना, सरोज न्यौपाने,विवश रसाली प्रथम, द्वितीय र तृतीय भएका छन् ।

एकल प्रतिष्पर्धात्मक खेलमा प्रथम हुनेलाई १ महिनाको मासिक शुल्क छुटु गरिदिने समेत संस्थाका प्राचार्य दिनेश भुसालले बताए । खेलकुद महोत्सवलाई सफल पार्न विभिन्न विद्यामा संयोजकहरू तोकिएको छ ।

जसमा सटपुट संयोजकमा इश्वरी प्रसाद खनाल, १०० र ४०० मिटर दौड संयोजकमा सुमित शर्मा, भलिबल संयोजकमा बिष्णु खनाल, हाई जम्प र लङ्ग जम्प मा गोपाल खरेल, व्याडमिन्टनमा गोकर्ण खरेल, टेबल टेनिसमा कमल न्यौपाने, संयोजक रहेका छन् । त्यस बाहेक भलिबल र क्रिकेटका क्वाटर फाइनल खेलहरु सञ्चालन हुदै गरेको खेल व्यवस्थापक राजकुमार पाण्डेले बताए ।

प्रकाशित मिति : २५ माघ २०८०, बिहिबार  ४ : ०२ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ