६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

कतारले गर्‍यो प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन गर्ने घोषणा



दोहा । कतारले विश्वको सबैभन्दा ठूलो प्राकृतिक ग्यास क्षेत्रबाट उत्पादन विस्तार गर्ने नयाँ योजनाको घोषणा गरेको छ । जस अनुसार सन् २०३० भन्दा अगाडि प्रतिवर्ष १४२ मिलियन टन ग्याँस उत्पादन क्षमता पु¥याउने लक्ष्य रहेकोसमेत जनाएको छ ।

‘नर्थ फिल्ड वेस्ट नामको नयाँ नर्थ फिल्ड विस्तारले विद्यमान विस्तार योजनाहरूमा प्रति वर्ष थप १ करोड ६० लाख टन तरल प्राकृतिक ग्यास (एलएनजी) थप्नेछ,’ कतारका ऊर्जा मन्त्री साद शेरिदा अलकाबीले एक पत्रकार सम्मेलनमा भने ।

‘हालैका अध्ययनहरूले देखाएका छन् कि उत्तरी क्षेत्रमा २४० ट्रिलियन क्यूबिक फीट अनुमानित ठूलो अतिरिक्त ग्यास मात्रा छ, जसले कतारको ग्यास भण्डारको अवस्था १७६० ट्रिलियन क्यूबिक फीटबाट २००० ट्रिलियन क्यूबिक फीटमा बढाउँछ,’ अल काबीले भने, ‘जो राज्यको स्वामित्वमा रहेको कम्पनी कतार एनर्जीको पनि प्रमुख छन् ।’

‘यी नतिजाहरूले हामीलाई उत्तरी क्षेत्रको पश्चिमी क्षेत्रबाट वार्षिक लगभग १६ मिलियन टनको उत्पादन क्षमताको नयाँ एलएनजी परियोजना विकास गर्न सक्षम बनाउँदछ,’ उनले भने ।

यसले कतारको उत्पादन क्षमता १४२ मिलियन टनमा पुर्‍याउनेछ, यस दशकको अन्त्य अघि नयाँ विस्तार पूरा भएपछि हालको उत्पादन स्तरबाट झन्डै ८५ प्रतिशत वृद्धि हुन जान्छ,’ अल काबीले जानकारी दिदैँ भने ।

कतार इनर्जीका प्रमुखले समयमै विस्तार पूरा भएको सुनिश्चित गर्न फर्मले इन्जिनियरिङ कार्यको साथ तुरुन्तै सुरु गर्ने समेत उनले बताए । कतार संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र रुससँगै विश्वको शीर्ष एलएनजी उत्पादक मध्ये एक हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  ७ : ५१ बजे

मापसे र लापसे गरी सवारी चलाउने ९८२ चालक कारबाहीमा

काठमाडौँ । काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागू पदार्थ सेवन

आहा रारा पोखरा गोल्डकप माघ पहिलो सातादेखि

कास्की ।आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २६औँ संस्करण आगामी

भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य सम्मेलनको रौनक

भक्तपुर । भक्तपुरमा उल्लेख्य जनसहभागितासहित ४६औँ नेपालभाषा साहित्य सम्मेलन तथा

चीनको मरुभूमिमा फस्टाएको सीमापार मित्रता

बेइजिङ । अमेरिकी इतिहासका सेवानिवृत्त शिक्षक रोनाल्ड साकोल्स्की र चिनियाँ

हानि-नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौं । संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन