१६ पुस २०८२, बुधबार | December 31, 2025

संसदको आगामी बैठकमा जवाफ दिन सरकारलाई सभामुखको रुलिङ



काठमाडौं । विपक्षी दलहरुले संसदमा उठाएको विषयमा आगामी बैठकमा जवाफ दिन सभामुख देवराज घिमिरेले सरकारलाई रुलिङ गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा सभामुख घिमिरेले सरकारलाई फागुन १८ गते जवाफ दिन रुलिङ गरेका हुन् । ‘माननीय सदस्यहरू, बैठकमा नियमित रूपमा यहाँहरूले उठाउनुभएको विषयमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ । माननीय सदस्यहरूले उठाउनुभएको विषयहरूमा सभाको आगामी बैठकमा जवाफ दिन म नेपाल सरकारलाई निर्देशन गर्दछु ।’, सरकारलाई रुलिङ गर्दै सभामुख घिमिरेले भने ।

यसअघि आजको पहिलो बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमाले र अन्य प्रतिपक्षी दलका सांसदहरुले सरकारको आलोचना गरेका थिए । एमालेले सरकारको जवाफ विना संसद अघि बढ्न नसक्ने अडान राख्दै नारावाजी गर्दै सदन अवरुद्ध गरेको थियो ।

 

 

प्रकाशित मिति : १४ फाल्गुन २०८०, सोमबार  १२ : ५८ बजे

नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय मेलमिलाप आवश्यक : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ

आजको मौसमको : तराईमा हुस्सु, हिमाल-पहाडमा आंशिक बदली

काठमाडौं । देशभर पश्चिमी वायुको आंशिक प्रभावका कारण मौसममा परिवर्तन

अर्थतन्त्र उकास्न आज सर्वपक्षीय राष्ट्रिय संवाद हुँदै

काठमाडौं । देशको अर्थतन्त्र उकास्ने उद्देश्यले आज यहाँ शान्ति, स्थायित्व

बुटवल सडक खाना महोत्सव-२०८२ सुरु, संस्कृति, स्वाद र पर्यटन प्रवर्द्धनमा जोड

बुटवल । नेपाली मौलिक कला, संस्कृति, स्वाद र पहिचानको प्रवर्द्धन

शितलहरका कारण पूर्वपश्चिम राजमार्गको दाउन्ने खण्डमा समस्या

काठमाडौं । शितलहरका कारण निर्माणाधिन नारायणघाट-बुटवल सडक खण्डको दाउन्ने क्षेत्रमा