१५ भदौ २०८३, सोमबार | August 31, 2026

नारायणी अस्पतालवाट शिशु चोरी



वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना सार्वजनिक भएको छ । शिशुलाई अस्पतालबाट लिएर फरार भएकी एक महिलाको प्रहरीले खोजी गरिरहेको छ ।

प्रारम्भिक विवरणअनुसार भदौ १४ गते अपराह्न करिब ४ बजेतिर ती महिलाले आफन्तसँग शिशु खेलाउने बहाना बनाई नवजात शिशुलाई लिएर अस्पतालबाट बाहिरिएको बताइएको छ ।

अस्पतालको सिसीटिभी फुटेजको दृष्य अनुसार शिशु लिएर फरार भएकी महिला करिब ३० देखि ३५ वर्ष उमेरकी र तराई मूलकी महिला रहेकी छन् । उनले रातो कुर्ता–सुरुवाल लगाएकी छन् ।

घटना लगत्तै प्रहरीले शिशु र शङ्कास्पद महिलाको खोजतलास तीव्र पारेको छ । अस्पताल परिसर तथा आसपासका सम्भावित स्थानमा समेत प्रहरीले खोजी तथा अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रहरीले ती महिलालाई देख्ने, उनको पहिचान वा अवस्थिति सम्बन्धमा कुनै जानकारी प्राप्त गर्ने जोकोहीलाई तत्काल नजिकको प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालय, पर्सामा जानकारी गराउन आग्रह गरेको छ । नवजात शिशुको खोजतलासमा सहयोग गरिदिन प्रहरीले सर्वसाधारणसँग अनुरोध गरेको छ ।

साथै, घटनासँग सम्बन्धित थप विवरण संकलन गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : १५ भदौ २०८३, सोमबार  २ : ५५ बजे

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगन्ज । “छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर

नारायणी अस्पतालवाट शिशु चोरी

वीरगन्ज । वीरगन्जस्थित नारायणी अस्पतालबाट नवजात शिशु चोरी भएको घटना

Indian Defence Minister Visits Nepal Embassy, Expresses Solidarity Over Flood Tragedy

New Delhi. Indian Defence Minister Rajnath Singh visited the Embassy

नेपालको दुःखमा भारतको साथ : दूतावास पुगेर भारतीय रक्षामन्त्री सिंहले दिए समवेदना

काठमाडौं । भारतका रक्षामन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास

तनहुँमा भेटिएका शव जङ्गलमा व्यवस्थापन गरिँदै

तनहुँ । देवघाटस्थित त्रिशूली नदीमा फेला परेका शवको व्यवस्थापन व्यास