५ पुस २०८२, शनिबार | December 21, 2025

राष्ट्रियसभाको अध्यक्ष नछाड्न नेतृत्वलाई माओवादी नेताहरुको सुझाव



काठमाडौं । नेकपा (माओवादी केन्द्र)को आज बसेको स्थायी समितिको बैठकमा धारणा राख्ने अधिकांश नेताले राष्ट्रियसभामा ठूलो दलको हैसियतले अध्यक्ष आफूले लिनुपर्ने धारणा राखेका छन् ।

बैठकपछि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै प्रवक्ता एवम् उपाध्यक्ष अग्निप्रसाद सापकोटाले भने, “अधिकांश स्थायी समिति सदस्यले राष्ट्रियसभाको ठूलो दलको हैसियतले अध्यक्ष छाड्नुहुन्न भन्ने धारणा राखेका छन् ।” यही फागुन २० गतेदेखि राष्ट्रियसभा अध्यक्षको पद रिक्त हुँदैछ ।

बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, समसामयिक विषयमा समेत नेताहरुले धारणा राखेको उनले बताए । माओवादी केन्द्रले आजको बैठकबाट नेताहरुको कार्यविभाजन गर्ने बताएको थियो । त्यसबारेमा भने कुनै निर्णय भएको छैन । कार्य विभाजनका विभिन्न विकल्पबारे छलफल भएको छ । यद्यपि निर्णय भने बुधबार बस्ने बैठकले गर्ने छ ।

यस्तै, आगामी चैत १ गतेदेखि तराई–मधेशमा सञ्चालन गर्न लागिएको अभियानका अलावा पार्टीका अन्य योजनाबारे पनि छलफल भए पनि अन्तिम निर्णय भने आज नभएको प्रवक्ता सापकोटाले जानकारी दिए ।

बैठकमा नेपाली कांग्रेसको हालै सम्पन्न महासमिति बैठक, सो बैठकमा पारित भएका प्रतिवेदन र व्यक्त विचारबारे समेत छलफल भएको थियो । बैठक बुधबार बिहान पुनः बस्नेछ । बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बोधन गर्ने कार्यसूची छ । बैठक आज नै समापन गर्ने तयारी गरिएको भए पनि प्रधानमन्त्रीको कार्यव्यवस्तताका कारण भोलिका लागि सारिएको बताइएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०८०, मंगलबार  २ : २४ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ