१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

पीएसएल मालिकले क्रिकेट बाबर आजमलाई उपहार दिए अनाैंठाे कार



इस्लामबाद । पाकिस्तान सुपर लिगमा सोमबार पेशावर लाजिमीका लागि बाबर आजमले उत्कृष्ट शतक प्रहार गरेका छन् । बाबर आजमले ६३ बलमा १११ रनको इनिङ खेले । योसँगै बाबर आजमको टोली पेशावर जाल्मीलाई जिताउन सफल भयो । उनका कारण पेशावर जाल्मी ८ रनले विजयी हुन सफल भए पछि यसले नयाँ रोचक मोड लिएको छ ।

सो खेलमा पहिले ब्याटिङ गरेको पेशावर जाल्मीले बाबर आजमको शतकको मद्दतले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन बनाएको थियो । तर, यो जितपछि पेशावर जाल्मीका मालिकले बाबर आजमलाई विशेष उपहार दिएका छन् ।

समाचार अनुसार बाबर आजमको शानदार शतकपछि पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले उपहारस्वरूप लक्जरी कार दिने घोषणा गरेका छन् । पेशावर जाल्मीका मालिक जावेद अफ्रिदीले बाबर आजमलाई एमजी एचएस एसेन्स कार उपहार स्वरुप दिने बताएका हुन । जसलाइ अनाैंठाे कारकाे संज्ञा दिइएकाे छ ।

हामी तपाईलाई बताउछौं कि यो लग्जरी कार भारतमा उपलब्ध छैन । जावेद अफ्रिदीले ट्वीट गर्दै यो लग्जरी कार पाकिस्तानमा बनेको लेखेका छन् । उनका अनुसार बाबर आजम यो कार चलाउने पहिलो पाकिस्तानी हुनेछन् ।

तथ्याङ्कले देखाउँछ कि बाबर आजमले टी-२० ढाँचामा ११ पटक शतकको अंक पार गरेका छन् । बाबर आजम टी-२० ढाँचामा सबैभन्दा धेरै शतक प्रहार गर्ने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन् । यो सूचीमा वेस्ट इन्डिजका पूर्व ब्याट्सम्यान क्रिस गेल शीर्ष स्थानमा छन् । टी-२० ढाँचामा क्रिस गेलको नाममा २२ शतक छ । यसबाहेक बाबर आजमले टी-२० ढाँचामा १० हजार रनको जादुई अंक पार गरेका छन् ।

प्रकाशित मिति : १६ फाल्गुन २०८०, बुधबार  ७ : ५० बजे

लुम्बिनीको संरक्षण र विकासका लागि १२ बुँदे योजना प्रस्ताव

लुम्बिनी । लुम्बिनी विकास कोष र लुम्बिनी बचाउ महाअभियानको संयुक्त

छ हजार सात सय पाँच जनाले सम्पत्ति विवरण बुझाएनन्

काठमाडौं । सार्वजनिक पद धारणा गरेका छ हजार सात सय

भेरी अस्पतालको मेडिकल सुपरिटेन्डेन्टमा डा. राजन पाण्डे नियुक्त

नेपालगन्ज । सरकारले भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा अस्पतालमा

निर्वाचन प्रणालीबारे सभापति खतिवडा र प्रमुख आयुक्त थपलियाबीच छलफल

काठमाडौं । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख

सिप्रदी ट्रेडिङले काठमाडौं महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ बर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक