२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बाबर आजम फेरि पाकिस्तानी क्रिकेटको कप्तानमा नियुक्त



कराँची । पाकिस्तान क्रिकेट बोर्डले आइतबार बाबर आजमलाई पुनः पाकिस्तान क्रिकेट टिमको कप्तानमा नियुक्त गरेको छ । यसै वर्ष आयोजना हुने टी-२० विश्वकप क्रिकेटलाई ध्यानमा राखेर बाबरलाई टिमको कप्तान बनाइएको बोर्डले जनाएको छ ।

गत वर्ष भारतमा सम्पन्न एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी टिम सेमिफाइनलमा प्रवेश गर्न नसकेको भन्दै बाबरले गत वर्ष नोभेम्बरमा सबै फम्र्याटका क्रिकेटबाट कप्तानी पद त्याग गरेका थिए ।

पाकिस्तान क्रिकेट बोर्डले बाबर आजमलाई पुनः नियुक्त गरिएको ट्विटरमार्फत घोषणा गरेको थियो । बोर्डको चयन समितिबाट सर्वसम्मत सुझाव आएपछि टि-२० र एकदिवसीय दुबै टिमका लागि बाबर आजमलाई नियुक्त गरिएको हो ।

यसअघि अन्तरिम व्यवस्थाका रुपमा टी-२० क्रिकेटका लागि तिब्र गतिका बलर शाहीन शाह अफ्रिदीलाई कप्तानीको जिम्मेवारी दिइएको थियो । साथै शान मसूदलाई टेस्ट क्रिकेटको कप्तान बनाइएको थियो ।

कप्तानको फेरबदल र मुख्य प्रशिक्षक मिक्की आर्थरलाई पनि हटाएपछि अस्ट्रेलियामा सम्पन्न टेस्ट क्रिकेटमा भ्रमणकारी पाकिस्तानी टोली ३-० र टी-२० क्रिकेटमा ४-१ ले नराम्रोसँग पराजित भएको थियो ।

संयुक्तराज्य अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकप अघि पाकिस्तानले अब बाबरको कप्तानीमा न्यूजील्यान्ड, आयरल्यान्ड र इङल्यान्ड विरुद्ध टी-२० क्रिकेट खेल्दैछ ।

प्रकाशित मिति : १८ चैत्र २०८०, आइतबार  २ : ०१ बजे

टी-२० विश्वकप खेल्ने नेपाली टिमको घोषणा, को को परे ?

काठमाडौं । नेपालले टी-२० विश्वकप खेल्ने टिमको घोषणा गरेको छ

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका